Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गाम्नाङटारमा समाजले बाँड्यो १३ लाखको राहत

ओखलढुंगा, जिल्लाको पश्चिममा अवस्थित गाम्नाङटार गाविसमा गाम्नाङटार सेवा समाजले भूकम्पपीडितहरुलाई १३ लाखको राहत वितरण गरेको छ । वैशाख १२ र २९ गतेको विनाशकारी महाभूकम्पका कारण क्षति पुगेको यस गाविसमा पाल, कम्बल, तन्ना, झुल, साडी, प्लास्टिकको गुन्द्री, चिउरा र बिस्कुटलगायतका राहत सामग्री वितरण गरेको गाम्नाङटार सेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिए । राहत वितरण संस्थाका सल्लाहकार तथा ‘अष्ट ज’ अभियानका अध्यक्ष लोककृष्ण भट्टराई, समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, उपाध्यक्ष भुवनकुमार भट्टराई, सचिव कृष्णबहादुर खत्री, सहसचिव तुलबहादुर पुलामी, कोषाध्यक्ष शिवबहादुर खड्काले गरेका थिए । पहिलो चरणको यस राहत कार्यक्रमलाई विदेशमा रहेका विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेको संस्थाका कोषाध्यक्ष शिवबहादुर खड्काले बताए । भूकम्पका कारण धेरै क्षति पुगेको यो घाउमा समाजले गरेको अहिलेको सहयोग सामान्य मल्हम मात्रै भएको संस्थाका सल्लाहकार भट्टराईले बताए । राहत वितरण कार्यलाई नेपाली सेना, नेपाल प्रहरी र गाविसले प्रभावकारी बनाएका थिए । करिव ६ सय ९० घरपरिवारलाई राहत वितरण गरिएको थियो । गाउँको विकास तथा गाउँमा परेका समस्याहरुको मिलेर समाधान गर्नुपर्छ भन्ने मुख्य उद्देश्य रहेको यस सेवा समाजले दोस्रो चरणको राहत वितरणको समेत तयारी गरिरहेको जनाएको छ । \"Rahat \"Rahat \"Rahat2-640\" \"rahat-640\" \"Rahatko
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: