पौष ८ गते, २०७५ आइतवार 23rd December, 2018 Sun१६:०७:२२ मा प्रकाशित
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।
द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।
उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो । सो लगत्तै विस २०५९ माघ ८ गते देखि त्यहाँ उद्यान निमार्णको काम सुरु गरिएको थियो । सुरुको दिनमा त्यस क्षेत्रमा धेरै झाडी तथा बुट्यानहरू सफा गर्न नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी, बुद्धिजीवि, व्यापारी, नागरिक अगुवाले योगदान गरेका थिए ।
सुरुमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट रु ३७ लाख ५० हजार अनुदान प्राप्त भएको र सो रकमबाट उद्यान निर्माणको काम शुरु गरिएको उद्यान व्यवस्थापन समितिका सदस्य बालाराम रेग्मीले जानकारी दिए ।
उनका अनुसार त्यसपछि पनि पटकपटक गरी साविकको जिविस दाङ, तुलसीपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, व्यापारी, नेपाल सरकारको रु २ करोड ५० लाख मा समितको कार्यालय भवन, पर्खाल, शौचालय, प्रवेशद्वार, वनभोज स्थल लगायतका पूर्वाधार निमार्ण गरिएको हो । उनले त्यहाँ जनावर पशुपक्षी राख्न लागि सानो चिडियाखाना निर्माण गरिसकेको जानकारी दिए । उनले पशुपक्षी राख्न नेपाल सरकारबाट अनुमति लिनुपर्ने भएकाले त्यसका पहल भैरहेको बताए ।
अहिले उद्यानको अवलोकन, घुमघाम गर्ने र वनभोज मनाउन दैनिक ३०० देखि ४०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको समितिका कर्मचारी डम्बर चौधरीले बताए ।
उनका अनुसार पार्क अवलोकन गर्न आउनेहरूलाई प्रतिव्यक्ति रु १० शुल्क निर्धारण गरिएको छ भने वनभोज खान आउने समूहबाट रु ३०० देखि ५०० सम्म शुल्क निर्धारण गरिएको छ । अहिले उद्यानमा चार जनाले रोजगारी पाएका छन् ।
पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको सो उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । राप्ती राजमार्गअन्र्तगत तुलसीपुर–सल्यान सडक खण्डको ३ किलोमिटर उत्तरमा श्रीगै गाउँबाट झन्डै डेढ किलोमिटर कच्चीबाटो हिँडेपछि पूर्वमा पर्ने सो उद्यान पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तर तर्फ गणेशपुर गाउँ पर्दछ ।
उद्यान भित्र उत्तरतर्फ बालबालिकाहरूका लागि बाल उद्यान र सो क्षेत्रमा बेबी रेल, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निमार्ण गरिएको छ । त्यसैगरी उद्यान चराचुरुङ्गीको मधुर स्वर र प्राकृतिक तथा जैविक विविधताले पनि भरिपुर्ण रहेको पाइन्छ । त्यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलहरूको बगँैचा पनि रहेको छ ।
दक्षिणतर्फ वनभोज खान बनाइएका १० ठाउँमा खानेपानी, शौचालयदेखि वनभोज खान आउनेहरूलाई आवश्यक पर्ने भाँडाकुँडा, दाउरा तथा ग्याँसको सुविधा पनि सो पार्कमा रहेको छ ।
उद्यान घुम्न बर्दियाको नारायणपुरबाट आउनु भएकी ४५ वर्षिया कमला चापागार्इंले पहिलोपटक यहाँ आउँदा निकै आनन्द भएको बताए । शिक्षण पेशामा संलग्न चापागाईंले उद्यानको बारेमा धेरैको मुखबाट सुनेको तर आज प्रत्यक्ष घुम्न पाउँदा खुशी लागेको बताए ।
त्यस्तै उद्यानमा वनभोज खान लमहीबाट आएकी ३५ वर्षिया सीता चौधरीले गाउँका सबै दिदीबहिनीको यहाँ वनभोज खान जानुपर्छ भन्ने रोजाइ भएकाले यहाँ आएको बताए ।
विगतका वर्षमा नागरिक तथा वन समुहका उपभोक्ताहरूको अथक श्रमदान र राज्यले गरेको सहयोगले नै अहिले उद्यान जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित भएको उद्यान व्यवस्थापन समितिका पुर्व सचिव कुलप्रसाद कालाथोकीले बताए ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीले उद्यान क्षेत्रमा पर्याप्त मात्रामा पानीको व्यवस्था नहुँदा, विद्युत र पार्कसम्म पुग्ने बाटो पक्की नहुँदा समस्याहुने गरेको बताए ।
उनले उद्यानको विकासका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिए ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: