Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

माछापालन व्यवसायबाट मनग्य आम्दानी लिँदै कृषक

बझाड । माछापालन व्यवसायबाट पाल्पाका कृषकले मनग्य आम्दानी लिन थालेका छन् । आधुनिक पोखरी निर्माण गरी व्यवसाय गर्न थालेपछि यहाँका कृषकले माछापालन व्यवसायबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । घरायसी प्रयोजनका लागि मात्र स–साना पोखरीमा जङ्गली जातका माछापालन गरेका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले आर्थिक वर्ष ०७०र०७१ देखि साविक जिल्ला कृषि विकास कार्यालयले माछापालनकार्यक्रममार्फत सहयोग गरेपछि जिल्लामा माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो । कार्यालयले परम्परागत शैलीमा माछापालन गरेका कृषकलाई व्यवसायउन्मुख बनाउन प्राविधिक तथा आर्थिक सहयोग गरेको छ । अन्य पेशा तथा व्यवसायका तुलनामा माछापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएको माछापालन व्यवसायी सङ्घ जिल्ला अध्यक्ष एवं अगुवा कृषक महेश्वर पन्त बताउछन् । “उत्पादित माछा बिक्री गर्न बजार सहज भएपछि यस व्यवसायमा कृषक आकर्षित हुँदै गएका छन्”, उनले भने । एक कृषकले वार्षिकरूपमा रु दुई लाखदेखि तीन लाखसम्म माछापालन व्यवसायबाट आम्दानी गर्न सफल भएको उनले बताए । पाँच रोपनी क्षेत्रफलमा माछापालन व्यवसाय गर्नुभएका पन्तले वार्षिक करीब तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिए । तानसेन नगरपालिका–१२ बौघापोखराथोकका टङ्कनाथ घिमिरेले पाँच वर्ष अघिदेखि दुई कट्ठा क्षेत्रफलमा माछापालन व्यवसाय गर्दै आएका छन् । उनी जिल्लामै यस व्यवसायमा सफल व्यवसायीका रूपमा चिनिन्छन् । घिमिरेले माछाको व्यापार राम्रो हुन थालेपछि अहिले फिसिङ रिसोर्ट सञ्चालन गरेका छन् । “माछाको माग राम्रो हुँदै गएपछि अहिले आफ्नै रिसोर्टबाट माछा बिक्री गरिरहेको छु” उनले भने । तीन लाखको लगानीमा व्यवसाय शुरु गर्नुभएका घिमिरेले वर्षमा खर्च कटाएर करीब तीन लाख बराबरको आम्दानी गर्छन् । लामो समयसम्म तरकारी खेती गरेका रामपुरका अगुवा कृषक सूर्यप्रसाद अधिकारीले पनि तरकारी खेती छाडेर माछापालन व्यवसाय थालनी गरेका छन् । “माछा पालेर राम्रो आम्दानी हुने सम्भावना देखेर तरकारी खेती छाडेर अहिले माछापालन व्यवसायमा लागेको छु”, अधिकारीले भने । उनले चार रोपनी जग्गामा यसै वर्षदेखि माछापालन व्यवसाय शुरु गरेका थिए । यहाँका कृषकले सिल्भर, बिगहेड, कमन, रहु, ग्रास कार्प जातको माछापालन गरेका छन् । सीमसार क्षेत्र पर्ने अन्य बालीको उत्पादन लिन नसकिएको जमीनमा कृषकले माछापालन गरी राम्रो आम्दानी गर्न सफल भएका छन् । जिल्लामा हालसम्म १५६ जना कृषक माछापालन व्यवसायमा आबद्ध छन् । यहाँ छ दशमलव ५५ हेक्टर क्षेत्रफलमा १४१ वटा पोखरीमा व्यक्तिगत तथा सामूहिक रूपमा कृषकले माछापालन व्यवसाय गर्दै आएको पाइएको छ । जिल्लामा वार्षिकरूपमा २० देखि २५ मेट्रिक टन माछा उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि अर्थविज्ञ ज्ञानकुमार यादवले जानकारी दिए । “व्यवस्थित पोखरी निर्माण गरेर कृषकहरू राम्रो आयआर्जन गर्ने गरी माछापालन व्यवसायमा लागेका छन्”, यादवले भने । जिल्लाको तानसेन, रामपुर, रैनादेवी छहरा, गल्धा, दोभान, पोखराथोक, बौघापोखराथोक, सोमादी, कसेनी, अर्गलीलगायतका क्षेत्रका कृषक यस व्यवसायमा आबद्ध छन् । बिक्रीका लागि बजार सहज भए पनि भैरहवाबाट माछाका भुरा ल्याउन समस्या परेको सम्बद्ध कृषक गुनासो गर्छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies