Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कांग्रेस महासमिति बैठकस्थल सर्योः प्रवक्ता शर्मा भन्छन्-फेरि बैठक फेरि सुरू भइसक्यो

काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । विधान संशोधनबारे शीर्ष तहमा आज विहान सहमति जुट्न नसकेपछि महासमिति बैठकमा प्रभावकारी छलफल हुन सकेको थिएन । तर, अहिले बैठक जारी रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रिय कार्य समिति बैठक र पदाधिकारी बैठक बस्नु परेकोले विहान बैठक स्थगित् गर्नु परेको शर्माले स्पष्टीकरण दिए । तर, बाहिर स्थगित बैठकलाई लिएर अतिरञ्जना भएकोमा उनले गुनासो पोखे । उनले भने,‘अहिले भित्र सौहार्दपूर्ण रुपमा नेताहरुबीच छलफल भएको छ । पार्टीको प्रवक्ताको हिसाबले म तपाईहरुलाई भन्न चाहन्छु, आज विहानको सन्दर्भमा विधान प्रस्तुत भएरमात्रै छलफल गरौ भनेर बैठक स्थगित भएको हो । वधानको तयारी भएर छापिएर आउन २४ घण्टा लाग्ने भएकोले भोलिसम्म चल्ने बैठक अझै एक दिने लम्बिनेछ ।’ उनका अनुसार भोलिको सत्र अहिलेकै हलमा चल्ने र त्यसपछिको सत्र पार्टी केन्द्रिय कार्यालय सानेपामा चल्नेछ । त्यस्तै, विधानमा पदाधिकारी कत्ति बढाउने भन्नेबारे छलफल निश्चय भएको पनि उनले जानकारी दिए । उनले भने,‘तर, मिडियामा छलफल हुँदा नै विवाद भनेर कुराकानी भएको छ । यो गलत कुरा हो ।’ त्यस्तै महासमिति बैठकमा हात हालाहालको स्थिति भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो । म बोल्दै थिएँ, एकाएक महत आएर मेरो माइक खोस्न थाले, त्यसपछि धकेलाधकेल भयो, त्यसक्रममा माइक नै फुटेको छ केसीले भने । महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए । त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: