Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

केपी ओलीमाथि 'शब्द आक्रमण': कतिले प्रहार गरे, कतिले जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को स्थायी समिति बैठकमा आज बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन् । आज बोल्ने नेताहरुमा भीम रावल, योगेश भट्टराई र टोपबहादुर रायमाझीले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको कडा आलोचना गरेका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले स्वेच्छचारी गरेको आरोप लगाए । हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटका कारण सरकारको शाख गिरेको पनि उनले आक्रोश पोखे । रावलले एसिया प्यासिफिक समिटले देशको शिर निहुर्याएको छ र यसमा प्रधानमन्त्रीले आत्माआलोचना गर्नुपर्ने धारणा राखे । रावलले त उक्त सम्मेलनमा सरकारको सहभागिताले शिर निहुरिएपनि बताए । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गरेका छन् । रावलको भनाईमा अर्का सदस्य टोपबहादुर रायमाझीले पनि समर्थन गरेका थिए । अर्का सदस्य, योगेश भट्टराईले पनि ओलीको आलोचना गरे । उनले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको टिप्पणी गरे । उनले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको गुनासो पोखे । आज बोल्ने सत्यनारायण मण्डल र सोमनाथ प्यासीले पनि ओलीको आलोचना गरेका थिए । तर, अर्का सदस्य एवम् ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखेरलले भने ओलीको बचाउ गरेका थिए । उनले एउटा नेतामाथि समस्या थुपार्नुभन्दा सामूहिक बनाउनुपर्ने धारणा राखेका थिए । केशब बडालले पनि घुमाउरो शैलीमा ओलीको बचाउ गरेका थिए । अर्का सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय स्वाधिनताको दिशामा अगाडि बढाउन नेताहरुको ठूलो भूमिका रहेको नभुल्न आग्रह गरे । कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्नेमा गुरुङको जोड थियो । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: