Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

सहकारीबाट कर्जा लिई एक हजार बढीलाई रोजगार

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

आव ०७४ र ७५ मा आबद्ध सदस्यलाई सहकारीले कृषि, व्यापार, कुखुरापालन, बङ्गुरपालन, शैक्षिक र आवास निर्माणका लागि कर्जा प्रदान गरेको हो । सदस्यहरूलाई प्रवाह गरेको कर्जामध्ये रु चार करोड ४१ हजार ४४३ रकम असुली गरेको छ । सहकारीले सदस्यबाट रु एक करोड ८५ लाख २४ हजार ५७ कर्जा असुली गर्न बाँकी रहेको छ ।

सहकारीले कृषि कर्जामा रु ८० लाख ३७ हजार ९१२, व्यापारमा रु ७६ लाख ३४ हजार २०५, कुखुरापालनमा रु १२ लाख २७ हजार, बङगुरपालनमा रु ४२ हजार ७८५, शैक्षिक कर्जामा रु सात लाख ८० हजार र आवास कर्जामा रु चार लाख २४ हजार १५५ रकम लगानी गरेको छ । लगानी गरिएको रकमबाट सहकारीले रु एक लाख ५१ हजार १५२ खुदनाफा आर्जन गरेको सहकारीका अध्यक्ष धनबहादुर चौधरीले बताए ।

सहकारीले सञ्चालनमा ल्याएका दैनिक बचत, मासिक बचत, खुत्रुके बचत, ऐच्छिक बचत र आवधिक बचतमा गरी रु १२ करोड ३० लाख ७० हजार २६८ रकम बचत गरेको उहाँले बताउनुभयो । सहकारीमा विपन्न, मुक्त कमैया, आरक्ष विस्थापित समुदायका व्यक्ति आबद्ध रहेका छन् । आर्थिक, समाजिक, शैक्षिक र सांस्कृतिकरूपले पछाडि परेका वर्ग र समुदायको सहकारीको माध्यमबाट सेवासुविधा पु¥याउने उद्देश्य लिएको छ ।

सहकारीका सदस्यलाई व्यावसायिक तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन चालू आवदेखि दुई परियोजनासँग सहकार्य गरी कार्य बढाइन लागेको सहकारीका प्रबन्धक लक्ष्मी सेटीले बताए । “सहकारीलाई दिगोरूपमा सञ्चालन गर्न पाँच वर्षीय रणनीतिक योजना निर्माणको कार्यसमेत गरेका छौँ,” उनले भने, “सेयर सदस्य वृद्धि गरी पाँच हजार पु¥याउने र सेयर पूँजीमा वृद्धि गरी रु ४० लाख पु¥याउने लक्ष्य लिएका छौँ ।” सहकारीको हाल शेयर पूँजी रु २७ लाख ४७ हजार ९०० रहेको छ । सहकारी विसं २०६८ मा स्थापना भएको हो । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies