मङ्गलबारे। कान्छा तिमी पनि आँखा देख्दैनौं र यहाँ आएका ?” फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्बूको भनाइमा पछिल्तिर बसेका सोही ठाउँका सोही उमेर हाराहारीका जसबहादुर राईले उत्तर दिए “हो, म पनि आएको हुँ ।”
चार वर्षअघि दाहिने आँखा एक्कासि बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि आफ्नै घर पनि बिरानो लाग्ने राममति अहिले आफूले संसार देख्न पाएकोमा खुशी छन् । “दाहिने आँखा त बन्द भयो भयो, अर्को आँखाले पनि त्यति काम गरेको नगरेकाले यतिकै बितिन्छ की भन्ने पीर थियो तर दैवले गाउँघरमै आँखा लगाइदिए, अहिले संसार देख्न पाए, आफैँ घरसम्म पुग्न सक्छु”, उनले हर्षका आँशु झार्दै चिकित्सकतर्फ फर्केर भने
आमचोककै जसबहादुर पनि आफू आँखा देख्ने भएपछि निक्कै हर्षित हुनुभयो । छ वर्षअघिदेखि बन्द रहेको आफ्नो देब्रे आँखा आज खुल्दा धेरै खुशी छु, उनले भने, “उपचारका लागि कहीँ जानुपरेन घरआँगनमै संसार देख्न पाइयो ।” मोतियाबिन्दुको सफल शल्यक्रियापछि ठमठम हिँडेरै घर गए ।
दुवै आँखा बन्द भएर घरको एउटा कुनामा बाँकी जीवन बिताइरहेका फाकफोकथुम–४ फूएतप्पाका ७५ वर्षीय यामबहादुर लुङ्गेलीले पनि संसार देख्न पाउँदा गौरव लागेको महसुस गरे । छ÷सात महीनादेखि दुवै आँखा बन्द भएर हिँड्डुलमा समेत समस्या भोग्दै आएका लुङ्गेलीले आँखाको सफल शल्यक्रियापछि आफैँ घर जान सक्ने भएको छु भने ।
नेपाल नेत्रज्योति सङ्घ र उक्त गाउँपालिकाको संयुक्त आयोजनामा आमचोकमा शल्यक्रियासहितको शिविर आयोजना गरिएको हो । उक्त गाउँपालिकाको फूएतप्पा, लुम्दे, एकतप्पा, फाकफोकमा सञ्चालित शिविरमा ५६ मोतियाबिन्दुका बिरामी भेटिएका थिए तर शिविरमा लक्ष्यअनुसार बिरामी नआएको उपचारमा संलग्न अप्टामरलोजी रुकेससिंहले बताए । सङ्घले मङ्सिर १५ गतेदेखि शुरु गरेको शिविरमा १५ जनाको आँखाको सफल शल्यक्रिया गरिएको थियो । मोतियाबिन्दु लागेर आँखा नदेख्ने १५ जनाको शल्यक्रिया गरिएको र शल्यक्रियापछि उहाँहरूले आँखा देख्न नसकेको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा हनी केसीले बताए ।
बिरामीलाई खाना र बस्नको प्रबन्ध गर्न सकेको भए लक्ष्यअनुसार प्रगति हुने थियो । शिविरमा आएका सामान्य बिरामीलाई निःशुल्क औषधि, चश्मा वितरण गरिएको थियो । शिविरका लागि रु चार लाख सहयोग उपलब्ध गराइएको उक्त गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा सङ्घले एक हजारको मोतियाबिन्दुको शल्यक्रिया गरेकोे बताए । सन् २०२० सम्ममा मोतियाबिन्दु र रतन्धो भएका मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको उहाँले जानकारी दिए । रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: