Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

विपत् जोखिम रोक्न सबैको दायित्व’

\"\"/

दमक। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विपत् जोखिम नियन्त्रण गर्न सबैको दायित्व भएको औंल्याएका छन् ।

यहाँ आजदेखि शुरु भएको स्थानीय तहमा विपत् सचेतना तथा अभिमुखीकरण तालीमको उद्घाटन गर्नुहुदै मन्त्री कार्कीले विपत् हुनसक्ने जोखिम नियन्त्रण गर्न समयमानै उपाय अवलम्बन गर्न सकिए उत्पन्न हुने जोखिम कमी आउने जोड दिए ।

विपत् व्यवस्थापन गर्न सबैको चुनौती भएको चर्चा गर्दै उनले भने , “विपत् व्यवस्थापन गर्न सबैले प्रयास गर्ने हो भने त्यसबाट हुने मानवीय तथा प्राकृतिजन्य जोखिममा कमी आउने छ ।” कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद पराजुलीले विपत्बाट उत्पन्न हुने जोखिम न्यूनीकरण गर्न तथा त्यस सम्बन्धी सचेतना दिन प्रदेश सरकारले १४ वटै जिल्लाका स्थानीय तह, रेडक्रससहित सरोकारवालासँग छलफल सञ्चालन गरिरहेको जानकारी दिए ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीलगायतले विपत् जोखिम न्यूनीकरण गर्न सबै क्षेत्रको साझा दायित्व हुनुपर्नेमा जोड दिनुभएको थियो । सोमबारसम्म चल्ने सो तालीममा झापा र मोरङका विभिन्न स्थानीय तह, विपत् व्यवस्थापनका क्षेत्रमा क्रियाशील सङ्घ संस्थालगायतका प्रतिनिधिको सहभागिता रहेको छ । तालीममा मन्त्रालयका विपत् व्यवस्थापन महाशाखाका प्रमुख रवीन आचार्यले सहजीकरण गरिरहेका छन् । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending