Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

सिक्टा भ्रष्टाचार प्रकरण: ‘भ्रष्टाचारी नउम्किऊन् !’

बाँके । वर्षाभरी ढकेरीबासी ढुक्कले निदाउन सकेनन्। सिक्टाको नहर भत्केर डुबानमा परिने हो कि भनेर। बस्तीनजिक नहर बनाउन नदिन उनीहरुले सकेसम्म जोड गरे। तर सकेनन्। ठेकेदारदेखि सीडीओसम्मले उनीहरुलाई थर्काए। सरकारी योजनाको विरोध गर्ने भनेर धाकधम्की दिए। आयोजनामा कच्चा काम भएको स्थानीय हेरिरहन बाध्य भए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा याे खबर छ - नभन्दै परीक्षणकालमै नहर भत्कियो। नहर बनाउँदा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले शुक्रबार २१ जनाविरुद्ध मुद्दा पनि दायर ग¥यो। तिनलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा हालेपछि यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन्। तिनलाई कारबाही हुनैपर्ने माग उनीहरुको छ। ती कतै शक्तिको आडमा उम्किने हुन् कि भन्ने चिन्ता पनि स्थानीयलाई छ। नहर भत्किँदा सबैभन्दा खतरामा पर्ने क्षेत्र हो ढकेरी। यो राप्ती सोनारी गाउँपालिकाको ८ र ९ वडामा पर्छ। यहाँका तीन सयभन्दा बढी घर डुबानको जोखिममा छन्। ढकेरीबासी निकुञ्ज छेउबाट नहर खनियोस् भन्ने चाहन्थे। ढकेरीबासीको मत बुझ्न हामी शनिबार दिउँसो त्यहाँ पुग्यौँ। केही स्थानीय हातहातमा अखबार बोकेर छलफल गरिरहेका थिए। विषय थियो, सिक्टाको भ्रष्टाचार। ‘भ्रष्टाचार भएकै हो। अब सजाय हुनैपर्छ’, भाइराम वली भन्दै थिए, ‘अपराध गरेपछि सजायको लागि पनि तयार हुनुप¥यो नि !’ नहर बन्दै गर्दा वली आयोजनासँग जोडिएको रिम्ना सामुदायिक वनका अध्यक्ष थिए। वन मासेर नहर निर्माण गर्न नहुने उनको मत थियो। सामुदायिक वनले केही दिन विरोध पनि गरेको थियो। ‘वन क्षेत्र जोगाउँछु भनेर ठेकेदारले वाचा गरेपछि मात्र वनले सहमति दिएको थियो’, वली सम्झिन्छन्, ‘वनसँग सम्बन्धित आयोजना भएकाले हाम्रो निगरानी हुने नै भयो।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending