Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

किन रिसाइन् नेकपाकी यी नेत्री ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले केन्द्रीय समिति बनाउँदा एक तिहाई महिला प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था मिचेको थियो। हालै प्रदेश कमिटी बनाउँदा पनि आवश्यक महिला प्रतिनिधित्व गराइएन। यसबाट उक्त पार्टीका नेतृ असन्तुष्ट भएका छन्। आजको अननपुर्णमा खबर छ- केन्द्रको तुलनामा प्रदेशमा महिला प्रतिनिधित्वमा सुधार आएको छ। तर त्यो तोकिएको व्यवस्थाअनुरुप छैन। नेकपाको सातै वटा प्रदेश कमिटीमा जम्मा २ सय ५६ जना महिला चयन भएका छन्। कुल एक हजार तीन सय ८४ सदस्यमा यो संख्या १८.४६ प्रतिशित मात्रै हो। राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ दफा १५ को उपदफा ४ मा दलले सबै तहमा एक तिहाई महिला प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने व्यवस्था छ। पार्टी विधानमा पनि उही व्यवस्था छ। तर नेकपाको नेतृत्वले छाती फराकिलो पार्न नसकेको आरोप नेतृले लगाएका छन्। नेकपा स्थायी समिति सदस्य तथा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वले कन्जुस्याइँ गरेको बताइन्। ‘पार्टीको केन्द्रदेखि प्रदेश कमिटी गठन हुँदा महिलाको संख्या पुगेको छैन,’ शाक्यले अन्नपूर्णसँग भनिन्, ‘निर्णय एउटा हुन्छ। विधानमा एउटा व्यवस्था हुन्छ। तर त्यसलाई कार्यान्वयनमा लैजाँदा हाम्रो पार्टीमा अर्कै भइरहेको छ। अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको छ। महिलालाई अवसर दिने, जिम्मेवारी दिने सवालमा नेतृत्वको मन अझै फराकिलो हुन सकेको छैन।’ नेकपाको कुनै पनि प्रदेश कमिटीमा महिला प्रतिनिधित्व ३३ प्रतिशत पुगेको छैन। २ सय ७ सदस्यीय प्रदेश १ कमिटीमा महिला ३७ जना मात्रै छन्। यो १७ प्रतिशत हो। प्रदेश २ मा १५ प्रतिशत मात्र महिला छन्। कुल २ सय १५ मध्ये ३४ जना महिला सदस्य छन्। प्रदेश ३ का कुल २ सय १७ सदस्यमध्ये ४७ जना महिला चयन भएका छन्। यो २२ प्रतिशत हो। गण्डकी प्रदेशमा १ सय ८७ सदस्यमध्ये ३८ जना महिला छन्। यो २० प्रतिशत हो। प्रदेश ५ मा २३ प्रतिशत महिला प्रतिनिधित्व छ। यहाँ २ सय ३ मध्ये ४६ जना महिला छन्। कर्णाली प्रदेशमा १ सय ७५ मध्ये ३२ जना अर्थात १८ प्रतिशत महिला प्रतिनिधित्व छ। सुदूरपश्चिम प्रदेशमा कुल १ सय ८३ मध्ये २२ जना महिला छन्। यो मात्र १२ प्रतिशत हो। ‘महिलालाई अवसर दिने, जिम्मेवारी दिने सवालमा नेतृत्वको मन अझै फराकिलो हुन सकेको छैन।’ –अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य, नेकपा नेकपा केन्द्रीय सचिवालयमा एक जना पनि महिला छैनन्। ४५ सदस्यीय स्थायी समितिमा पनि शाक्य र पम्फा भुषाल दुई जना मात्र महिला छन्। ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ७२ जना महिला छन्। केन्द्रीय समितिमा एक तिहाई महिला प्रतिनिधित्व नभएपछि पार्टीसम्बद्ध महिलाले असन्तुष्टि व्यक्त गरेका थिए। नेतृत्वमा रहेका पुरुषको चिन्तनमा परिवर्तन नआएसम्म अवसर र जिम्मेवारीमा महिला सँधै पछाडि पर्ने शाक्यले सुनाइन्। ‘महिला नभएर होइन। आन्दोलनमा त्याग बलिदान नगरेकाले पनि होइन। नेताहरूको चिन्तन नबदलिएसम्म जहाँसुकै समस्या रहनेछ,’ शाक्यले भनिन्, ‘महिला– पुरुष बराबरी हुन् भन्ने धारणा नबन्दासम्म जतिसुकै सक्षम भएपनि महिलाले स्थान पाउने अवस्था छैन।’ नेकपाकै अर्की केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापाले प्रदेश कमिटी चयनबाट सन्तुष्ट नभएको बताइन्। ‘हाम्रो लक्ष्य समानुपातिक प्रतिनिधित्व हो। संवैधानिक हिसाबले ३३ प्रतिशत हो। तर त्यो भएको छैन,’ उनले अन्नपूर्णसँग भनिन्, ‘पार्टीसँग माग गरिरहेका छौं।’ दल निर्वाचन आयोगमा दर्ता हुनुअघि नेकपाका नेतृहरूले शीर्ष नेतालाई यसबारे दबाब दिएका थिए। जेठ २२ मा दुवै अध्यक्षलाई सँगै राखेर उनीहरूले ज्ञापनपत्र बुझाएका थिए। त्यसबेला नेताहरूले महाधिवशेनबाट प्रतिनिधित्व सुनिश्चित गराउने बाचा गरेका थिए। तर पार्टी प्रदेश कमिटी बनाउँदा फेरि नेतृत्वले माग सम्बोधन नगरेको केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघकी अध्यक्ष गोमा देवकोटाले बताइन्। ‘प्रदेश कमिटी चयनमा हाम्रो आवाज सुनिएन,’ उनले भनिन्, ‘यद्यपि हाम्रो माग यथावत् छन्। अभियान पनि यथावत् नै छ।’
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending