को-कसले पारे मन्त्री बीनालाई घेराबन्दीमा ? घेराबन्दी तोडेर यसरी ल्याउँदैछिन् मेलम्चीको पानी
मंसिर १९ गते, २०७५ बुधवार 5th December, 2018 Wed१६:५५:११ मा प्रकाशित
काठमाडौं। मन्त्री भएलगत्तै मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यलाई पहिलो प्राथमिकतामा राखेकी खानेपानी मन्त्री बीना मगर अहिले भने चौतर्फी घेराबन्दीमा परेकी छिन् ।
मेलम्ची परियोजना सम्पन्न गर्न नचाहने र मन्त्री बीनासँग असन्तुष्ट पक्षले उनीविरुद्ध घेराबन्दी कसेका हुन ।
मन्त्री भएलगत्तै मेलम्ची परियोजनाको अवलोकनका क्रममा मन्त्री बीना मगरले निर्माण कार्यको सम्पूर्ण बेलिबिस्तार मागेपछि आयोजना र निर्माण कम्पनीले दर्शैंसम्म मेलम्चीको पानी सुन्दरीजलमा खसाल्न सकिने दावी गर्दै रिपोर्ट गरे । यो रिपोर्ट मात्रै विश्वास गरिहाल्ने आधार भने थिएन । तर यही बीचमा विश्व बैंक, मेलम्ची आयोजना, ठेकेदार, परामर्शदातालगायतको संयुक्त बैठकले दशैंअघि नै मेलम्चीको पानी सुन्दरीजल ल्याइ पु¥याउन कार्ययोजना नै तयार गरे ।
कार्ययोजना अनुसार, मेलम्ची निर्माणको कार्यलाई बिभिन्न भागमा बाँडेर सोही अनुरुप कार्य गर्न दैनिक कार्यतालिका नै निर्माण गरिएको थियो । यो कार्यतालिका अनुरुप काम भइरहेको भए अहिलेसम्म मेलम्चीको पानी आइसक्ने अवस्था हुन्थ्यो ।
मन्त्रीको निरन्तर ताकेता र खबरदारीसँगै यो कार्यतालिका अनुरुप दै्रनिकरुपमा धमाधम काम शुरु भएको थियो । तर मन्त्रालय श्रोतका अनुसार, यही बीचमा मन्त्रीलाई असफल पार्ने खेल शुरु भयो । मेलम्ची आए मन्त्रीले चौतफीै प्रशंसा पाउने कुराबाट अत्तालिएका समूहहरुले समग्र निर्माण कार्यमा हस्तक्षेप शुरु गरे ।
श्रोतका अनुसार, मन्त्रालय भित्रैबाट र बाहिरबाट योजनाबद्ध तरिकाले मेलम्चीको पानी समयमा नै आउन नदिने षडयन्त्र शुरु भएको थियो ।
यति मात्रै होइन, मेलम्चीको कामलाई मन्त्रीको स्पिरिट अनुरुप कार्यतालिका प्रभावित गर्ने किसिमले खेल शुरु भयो । र, मन्त्रीले बारम्बार आफ्नो सचिवालयको टीमलाई मेलम्चीको अनुगमनमा पठाएपनि सोचे अनुरुपको काम अघि बढेन ।
“कहिले के बहाना, कहिले के बहाना रु’ श्रोतले भन्यो, “निर्माण कम्पनी र परामर्शदाताको तहबाट बारम्बार अल्झ्याउने खेल भयो । र, मेलम्ची आयोजनाबाट समेत खासै कडाइका साथ अनुगमन र निर्देशन दिने काम भएन ।”
शुरुमा क्षतिपूर्तिको विषयमा निर्माण कम्पनीले बखेडा झिेकपछि मन्त्रीले परराष्ट्रको च्यानल समेत प्रयोग गरेर उक्त कम्पनीको हेडक्वार्टरबाट उच्च प्रतिनिधि बोलाएर वार्ता गरिन । यो चानचुने प्रयास थिएन । मन्त्रीको सबै कोशिस कार्यतालिका अनुरुप पानी आओस् भन्ने थियो । त्यतिखेरको पहलले केही गति लियो पनि । तर पछि फेरि उस्तै भयो । मन्त्रीको निर्देशन सम्बन्धित कर्मचारीले मनैबाट पालना नगर्ने र मन्त्रालयको कर्मचारी नेतृत्वले समेत यसमा खासै पहल नगरेपछि मन्त्रीलाई बदनाम गर्न चाहनेहरुले मौका पाएको श्रोतको दावी छ ।
मन्त्री बीना मगर आफ्ना निकटतम प्रतिद्वन्द्वीबाट अत्यधिक भोट ल्याएर जितेकी सांसद हुन । कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर १ बाट विजय हासिल गरेकी मन्त्रीले खानेपानी तथा सरसफाईका क्षेत्रमा कार्ययोजना नै निर्माण गरेर उदाहरणी कार्य गर्ने संकल्प बोकेको श्रोतको दावी छ । तर कतिपय कुराहरु सोचेजस्तो भएनन् । एकातिर नेकपा अध्यक्षको बुहारी भएका कारण अध्यक्षलाई निशाना बनाउने पक्षहरुले उनको बदनाम गर्न खोजे भने अर्कोतर्फ विगतदेखि नै खाइपाइ आएका हरुले समेत मन्त्रीको एक्सन देखेर उनलाई असफल बनाउन खोजेको श्रोतको भनाई छ ।
मन्त्रीका बारेमा भ्रम छनर््े काम एकीकृत सूचना संयन्त्र नहुँदा समेत भएको केहीले टिप्पणी गरेका छन् । आयोजनाको कार्य प्रगतिका बारेमा आयोजना प्रमुखको एउटा भनाई हुनु र मन्त्रालयको सचिवको अर्को दावी भएबाट झन अन्यौलता सिर्जना भएको केहीले टिप्पणी गरेका छन् ।
मेलम्ची ढिलो हुनुमा मन्त्री मगरको कुनै हात नभएको र उनको अथक प्रयासपछि पनि यिनै तत्वहरु सक्रिय भएका कारण ढिलाई भएको श्रोतको दावी छ । प्रायजसो मन्त्रीहरुको चासो आफ्ना कार्यकर्ता भर्ना गर्न रहने प्रवृति रहेको अवस्थामा मन्त्री मगरले मन्त्री भएपछि त्यता चासो दिइनन् । बरु उनको चासो मात्र मेलम्ची थियो् ।
तर चौतर्फी घेराबन्दी पारिएपनि मन्त्री मगरले आफूले संकल्प भने पूरा गर्ने बताएकी छिन् । का मगर्दै जाने क्रममा नियत सफा भएपनि प्राविधिकरुपमा कतिपय कुरामा ढिलाई हन्छ । सोचे अनुरुपको काम अघि बढ्दैन । तर नियत र मन सफा भए यसले एकदिन राम्रो परिणाम ल्याउने मन्त्रीको बुझाई छ ।
तुलनात्मकरुपमा हेर्दा मेलम्ची आयोजनाको यति लामो यात्रामा पहिलोपटक यति बढी चासो र कार्यप्रगति भएको कुरा भने कसैले नकार्न सक्दैनन् । यो सबै काम मन्त्री मगरले विशेष चासो र सतर्कता नअपनाएको भए हुने थिएन ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: