Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

समिटमा अोलीको सहभागीः माधव नेपालले फसाए कि अल्पमतबाट जोगाए ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षमध्ये एक पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद इसाई धर्म प्रवर्द्धनमा संलग्न संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को दुईदिने ‘एसिया प्यासिफिक समिट’ बहिस्कार गरेको चर्चा चल्न थालेको छ । तर ने क पाका अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली भने उक्त कार्यक्रममा सहभागी भए । क्रिश्चियन धर्म प्रचारको लागि गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष सहभागी भएपछि अहिले ने क पाभित्र चर्को अालोचना शुरू भएको छ । अोलीले राजधानीमा सम्पन्न विवादास्पद ‘एसिया प्यासिफिक समिट’ मा आफूलाई फसाइएको दाबी गरेका छन् । समिटमा सक्रिय सहभागिता जनाएका कारण सत्तारुढ ने क पाभित्रसमेत चर्को आलोचना भएपछि प्रधानमन्त्रीले निकटस्थहरुसँग त्यसबारे मुख खोलेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नेकपाका वरिष्ठ नेता माधव नेपालले आफूलाई फसाएको आरोप लगाएका छन् । \"\" सम्मेलनमा नेता नेपालको सक्रियता शंकास्पद थियो । ओलीका अनुसार नेता नेपालले नै ६ महिनाअघि उक्त कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए । नेपालकै आग्रहमा आफूले युनिभर्सल सिप फेडेरेशन नेपालका अध्यक्ष एवं परिवार दलका नेता एकनाथ ढकाललाई भेटेको दाबी ओलीको छ । ओलीलाई प्रधानमन्त्री निवासमा भेटेका नेकपाका एक नेताले दिएको जानकारीअनुसार वरिष्ठ नेता नेपालले ‘शान्ति र विकासका लागि सम्मेलन’ हुन लागेकाले सहभागी भइदिन आग्रह गरेका थिए । ओलीलाई कार्यक्रममार्फत नेपालमा विदेशी पर्यटक आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने लक्ष्य रहेको भनिएको थियो । ‘मलाई माधव नेपालजीले शान्ति र विकास उम्मेलनको उद्देश्य हो भन्नुभएको थियो’, ओलीले भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘उद्देश्य राम्रै लागेर हुन्छ भनिदिएँ, पछि मात्र मलाई फसेको भान भयो ।’ \"\" विवादस्पद रहेको उक्त कार्यक्रममा अोली उपस्थित भएसँगै विभिन्न कोणबाट हेर्न थालिएको छ । ने क पाकै एक नेताले खबरडबलीलार्इ बताएअनुसार अोली उक्त माधव नेपाललार्इ खुशी पार्नु थियो । अहिले ने क पा र सरकार सञ्चालनमा माधव नेपाल समूहले असहयोग गरिएको अवस्था छ । तत्कालिन एमालेका नेताहरू झलनाथ खनाल, वामदेव गाैतमहरूको पनि अोलीलार्इ असहयोग रहेको बेला माधव नेपाललार्इ अोलीले फकाउन खोजिरहेको अवस्था छ । ओलीविरुद्ध खुलेआम रूपमा नेपाल समूह उत्रेको छ भने तत्कालिन माअोवादी केन्द्रका प्रचण्ड समूहको असन्तुष्टि पनि बेलाबेला प्रकट हुँदै आएको छ । केहि समय अघि तत्कालिन माअोवादी नेता हरिबोल गजुरेलदेखि अग्निप्रसाद सापकोटासम्मले सरकार सञ्चालनमा अोलीबारे प्रश्न उठाएका थिए । अझ गजुरेलले अबको प्रधानमन्त्री प्रचण्ड भन्दै भाषणसमेत गरेका थिए । प्रचण्ड अाफै नबोल्ने तर उनका विश्वास पात्र गजुरेल र सापकोटाले अोलीबारे प्रचण्डको असन्तुष्टि नै छताछुल्ल पारेका थिए । \"\" ओली ने क पाको आन्तरिक समीकरणमा भने अल्पमतमा छन् । ने क पाको ४५ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१ सदस्य, नेपालको पक्षमा १२ र ओली समूहमा जम्मा ११ सदस्य मात्र छन् । वरिष्ठ नेता खनाल एक्लै छन् । नेकपाको ९ सदस्यीय सचिवालयमा पनि ओलीको बहुमत छैन । ९ सदस्यीय सचिवालयमा प्रचण्डको पक्षमा गृहमन्त्री रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेल छन् भने नेपाल र खनाल एक्ला एक्लै छन् । खबरडबलीलार्इ प्राप्त जानकारी अनुसार ने क पाका महासचिव पनि अहिले प्रचण्ड समूहमा रहेका छन् । प्रचण्ड र नेपाल समूह एकजुट भएको खण्डमा अोलीलार्इ नेतृत्वबाट हटाउन कुनै दिन कुर्नुपर्ने अवस्था छैन् । त्यसैले पनि नेपाल समूहलार्इ फकाएर अल्पमतबाट जोगिन अोली विवादास्पद ‘एसिया प्यासिफिक समिट’ सहभागि भएको राजनीतिक जानकारहरू बताउँछन् । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending