Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

तीन राप्रपाबीच छिट्टै एकता हुने लोहनीको खुलासा

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’ आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गरे । उनले भने,‘तीनवटै राप्रपाबीच एकताको प्रयास भएको हो । तर, फ्रेमवर्क डकुमेन्ट बनाउन उहाँहरु मान्नुभएन् । त्यही भएर एकता भएन् । तर, हामी र पशुपतिजीबीच छलफल भैरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । सम्भवतः अब एक साताभित्र एकता हुन्छ ।’ साक्षात्कारमा बोल्दै उनले कमल थापा नेतृत्वको राप्रपासँगपनि एकताको लागि आफूहरु खुल्ला रहेको सुनाए । उनले भने,‘राप्रपाका असन्तुष्ट साथीहरुसँगपनि हाम्रो लगातार छलफल भएको छ । हामी सकेसम्म चाँडै एकता गर्छौं ।’ डा. लोहनीले काठमाडौंमा आज सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाए । त्यस्तै उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको आरोप लगाए । उनले भने,‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’ सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए । डा. लोहनीले भने,‘नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने र उक्त चर्चका इसाइ पादरीबाट नेपालका ठूलाबडाका दम्पतिसहित आशीर्वाद लिने काममा सिमित रहेको देखिन्छ । युनिफिकेसन चर्चको बजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र वुद्ध भूमि नेपालको सांस्कृतिक जग बलियो हुन्छ भन्नु अर्थहीन हो ।’ दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० दम्पतिलाई चर्चका गुरुबाट आशीर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार संलग्न हुनु दुर्भाग्य रहेको डा. लोहनीको टिप्पणी छ । उनले प्रधानमन्त्री, मन्त्री तथा नेपाल सरकारका विशिष्ट व्यक्तित्वहरुले आर्शिवाद नै लिनुपर्ने भए नेपालकै लामा गुरु, मनकामनाका पुजारी, पशुपतिनाथका मुल भट्ट र जनकपुरको जानकी मन्दिरका महन्थबाट लिए हुने नि भन्दै नेपालका अगुवाहरुले यसरी आर्शिवाद लिएकोमा आपत्ति जनाए । उनले भने,‘अब उनीहरुपनि त्यही संस्थाको परिवार भए । प्रकारान्तरले यो सम्मेलनले ईशाईलाई बढावा दिएको छ ।’ आफू धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति भएको सुनाउँदै उनले यो सम्मेलन नेपालको संविधानविपरित पनि रहेको जिकिर गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री ओलीजीले नेपालको संविधानलाई चूनौति दिने काम गर्नुभयो । अमेरिकालगायत अन्य देशमा यो संस्थाले कम्युनिष्टहरुको विरुद्धमा पैसा लगानी गर्दै आएको छ । तर, त्यही संस्थाको पक्षमा यो कम्युनिष्ट सरकार किन उभियो ? मलाई आश्चर्य लागेको छ।’ नेपाल सरकारले विवादस्पद संस्थाको बजारीकरण र बढावा दिन, र उनीहरुको हातबाट आर्शिवाद लिने काम किन गर्यो भन्दै लोहनीले पटक–पटक प्रश्न समेत तेर्साए । उनले अझै प्रश्न गरे,‘कतै नदेखिनेगरि उनीहरुबीच लेनदेन त भएको छैन ? कतै नदेखिनेगरि नेपालको राष्ट्रियता, गरिमा र अस्मिता बेचबिखन त भएन ?, त्यही भएर हाम्रो पार्टीले सम्मेलनमा भाग नलिएको हो । हामी सरकारले आयोजना गरेको भोजमा पनि सहभागी भएनौं ।’ वर्तमान सरकारसँग स्पष्ट दृष्टिकोण र चिन्तन नदेखिएको उनको गम्भिर आरोप छ । उनले भने,‘सरकार लहडमा चलेको छ । मन्त्री तथा प्रधानमन्त्रीबाटै यस्तो कार्यक्रमलाई प्रोत्साहन भएको छ । जनताले दिएको विश्वास दुरुपयोग भएको छ ।’ सरकारले यो ९ महिनामा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको पनि उनको अर्को आरोप छ । उनले भने,‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सक्नुभएन वा उहाँले नियन्त्रण नै गर्न चाहनुभएन् । सक्नुभएन भनौं भने दुई तिहाईको बहुमत छ । तर, भ्रष्टाचार व्यापक बढेको छ।’ साँढे ३३ केजी सुन तस्करी प्रकरण कहाँ पुग्यो भनेर उनले प्रश्नसमेत तेर्साए । उनले भने,‘यही तरिका हो भने अब भ्रष्टाचार नियन्त्रण हुने स्थिति छैन् ।’ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा उनले सरकारले आलोचना गरे । उनले भने,‘न्याय चाहियो भनेर पोष्टर टाँस्यो कि सरकारले बल प्रयोग गरेर च्यातिदिने काम गरेको छ । यो सरकारकोलागि लज्जास्पद कुरा हो । यसले त मुलुकको असुरक्षाको विम्ब नै देखाएको छ । सरकारले मुलुकको शान्ति, सुरक्षाको उपेक्षा गरेको छ ।’ सरकारको काममा पनि व्यापक हा«स आएको उनको भनाई छ । उनले भने,‘सरकारी क्षमता घटेको छ । मन्त्रीहरु लगामविहीन भएका छन् । राष्ट्रपतिलाई कसैलेपनि साईकल चढेर हिँड्नुहोस भनेर भनेको छैन् । तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले के अब राष्ट्रपतिले साईकल चढेर हिँड्नुपर्ने हो भनेर अभिव्यक्ति दिनुभयो । राष्ट्रपतिलाई किन यति महँगो गाडी चाहियो ? अमेरिकाको राष्ट्रपतिलेजस्तो १८ करोडको महँगो गाडी किन चढ्नपर्यो ? हाम्रो राष्ट्रपति कुन ब्याकग्राउण्डबाट आउनुभएको हो र यत्रो महँडो गाडी चढ्नुपर्ने ? अब गाडीमात्रै हो र अरु के के चाहियो भनिएको छ । अब छाडा मन्त्री भएपछि के भन्ने ?’ त्यस्तै उनले राष्ट्रपतिलाई अहिले बसेको ठाउँ किन साँघुरो भएको भनेर प्रश्न तेर्साए । उनले थपे,‘अहिले पनि १५० रोपनी छँदैछ, तर अब अझै १९३ रोपनी चाहिने अरे ? पहिलेको राजामहाराजाभन्दा ठूलो दरबार चाहिने ? यो गरिब देशलाई धनी देखाउनकै लागि हो जस्तो लाग्छ ।’ उनले जनताले विश्वास गरेर वर्तमान सत्तारुढ दल नेकपालाई दुई तिहाई मत दिएको तर अब यस्तै भयो भने सँधै दुई तिहाई छ भन्ने नहुने भन्दै सचेत गराए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: