Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

घरबासमा पाहुनाको भीड ह्वात्तै बढ्यो

तनहुँ ।  पछिल्लो समय जिल्लाका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ भने क्यामफायर गर्नेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ । भानु नगरपालिका–५ स्थित नावरुङमा यतिखेर आन्तरिक पर्यटकको भीड बढेको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुईवटा घरबास भरिभराउ हुने गरेका छन् । आन्तरिक पर्यटक घरबासमा बस्न तथा खान मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखापखेरामा रम्नका लागि आउने गरेका हुन् । चाडबाड सकिएसँगै घरबासमा पर्यटक आउन थालेका नावरुङ घरबासकी अध्यक्ष सतिदेवी मल्लले बताइन् । पर्यटक बढे सँगै आय आर्जनमा वृद्धि हुने गरेको उनले जानकारी दिइन्। शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि भएको उनले बताइन् । गाउँमा नै बसीबसी स्थानीयवासीले आम्दानीमा वृद्धि गरी मासिक पन्ध्रदेखि बीस हजार सम्म कमाई गर्ने गरेका छन् । पर्यटक रमाइलो गर्नभन्दा पनि घरबासका घर हेर्न आउने गरेका छन् । त्यहाँका फरक प्रकारका घरले घरबासमा बस्दा रिसोर्टमा बसेको अनुभुति कतिपय पर्यटकलाई हुने गरेको छ । विसं २०७३ बाट १६ वटा घर मिलेर दुईवटा घरबास सञ्चालन गरिएको त्यस गाउँको मुहार नै फेरिएको छ । भाले जुधाइ घरबास र नावरुङ घरबास गरी दुईवटा होमस्टे गाउँमा सञ्चालनमा छन् । घरबासमा आउने जो कोही पनि त्यहाँ पुगेपछि अचम्मित हुने गरेका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए । चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीबिरङ्गी छाता लगायतका वस्तुले शहरमै बसेको अनुभूति दिलाउने गरेको छ । घरबासमा आएका पाहुनालाई युवायुवतीले परम्परागत वेशभूषामा सजिई माला लगाएर स्वागत गर्ने गरेका छन् । त्यहाँ सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरी लगायत गीत र नाच गरेर मनोरञ्जन दिलाइने गरिएको छ । त्यस ठाउँमा मगर, गुरुङ र ठकुरी समुदायका स्थानीयवासी मिलेर घरबास सञ्चालन गरेका छन् । दैनिक १५ देखि २० जना पर्यटक होमस्टेमा बस्न आउने गरेका घरबासकी सदस्य कमला आलेले जानकारी दिइन् । घरमै उब्जनी भएको तरकारी घरबासमा नै खपत हुने गरेको र तरकारीले समेत आम्दानी बढेको उनले बताइन् । बोयर बोकाको सुकुटी प्रायःजसो घरबासमा अर्गानिक खानाका परिकार एउटै प्रकारका हुने गरेका छन् । तर, यहाँ अन्यत्र भन्दा फरक छ । यहाँ बोयर बोकाको सुकुटी पर्यटकलाई आकर्षित पार्न दिइने गरिएको छ । त्यस्तै सिस्नो, आँटो, गुन्द्रुक, भट्ट, लोकल कुखुराको मासु, रोटीलगायत पाइने गरेको छ । घरबासमा रु एक हजारमा बिहान–बेलुका मासु खाना र बिहान–दिउँसो नास्ताको व्यवस्थासहित बास बस्ने सुविधा मिलाइएको छ । ऐतिहासिक तनहुँसुर दरबार, भानुभक्तको जन्मगाउँ, प्रसिद्ध थानीमाई मन्दिर, मिर्लुङकोट र नेपालको दोस्रो प्रधानमन्त्री रङ्गनाथ पौडेलको जन्मगाउँ देख्न सकिन्छ । त्यस्तै रमणीय हिमशृङ्खला, सूर्योदय र सूर्यास्तसमेत यही ठाउँबाट सजिलै नियाल्न सकिन्छ । घरबासमा बढी मात्रामा पर्यटक क्याम फायर गर्न आउने गरेका छन् । गत महिना मात्र सिन्धुपाल्चोकबाट ८० जना एकै दिन होमस्टेमा बस्न आएका र जसले गर्दा गाउँ नै भरि भराउ भएको थियो । कहिलेकाहीँ नेपाली पथप्रदर्शकले विदेशीलाई समेत घरबासमा ल्याउने गरेका छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies