Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

चिसोका कारण महोत्तरी कारागारमा बिरामी ह्वात्तै बढे

बर्दिवास ।  “कि करु हजुर...! जान आब पहाड भगेल (के गरौँ हजुर, आफ्नो ज्यान नै पहाड भयो)”, महोत्तरी जिल्लाको जलेश्वरस्थित कारागारमा कैदी जीवन बिताइरहेका ८० वर्षीय मटर साफीले जाडोमा लगलग काम्दै भने । बूढो उमेरमा जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका साफी जाडो बढ्दै गएसँगै न्यानो लुगा र उचित खान पिन नहुँदा श्वासप्रश्वास (दम)को समस्याले पीडित छन् । “घर स कोइ घुइम आबबाला नई, अइठाम कपडा कहिया भेटत ठेकान नइ (घरबाट कोइ फर्केर आउँदैनन्, यहाँ (कारागार) लुगा कहिले पाइने हो ठेगान छैन)”, पातलो धोतीको आधा भागले कम्मर लपेट्दै लाज ढाकेर आधा भाग धोतीले जिउको माथिल्लो भाग ढाकेका साफीले भने, “नई बुझाइय जे उपरवालाके कि मर्जी अई (थाहा छैन, ईश्वर मलाइ के गराउन लागेका छन् ) ।” कारागारका कर्तव्य ज्यान मुद्दाका अर्का कैदी ७० वर्षीय रामदेव मुखियाको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदैछ । साफी र मुखियामात्र नभएर जाडो बढे सँगै कारागारमा कैदी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । कारागारमा दम, रुघाखोकी, ज्वरो, निमोनियाँ र लुतो लगायतका रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । वर्षको दुई पटक मौसम अनुसारको कपडा र जाडोमा कम्बल दिने चलन भएपनि ठिक समयमा सामग्री नपाउँदा बढ्दो जाडोमा घरबाट उपेक्षित कैदीको बिजोग नै भएको छ । “कतिको घरबाट कपडा आउँछन् र कसै गरी जाडो धानिन्छ”, पुरुष कक्षका चौकीदार श्रीनारायण महतोले भने, “घर परिवारले वास्ता नगरेका कैदीको चाहिँ हरिबिजोग नै छ ।” कारागारमा थेग्न नसक्ने कैदी न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन गाह्रो भए सँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या १२५ को हाराहारीमा रहेको कारागार प्रमुख समेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुर बताउछन् । जम्मा १३५ जना कैदी राख्नसक्ने क्षमताको कारागारमा अहिले झण्डै चौबर सङ्ख्याका भएपछि बसाइकै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ । समयमा लुगा र कम्बल कारागार व्यवस्था विभागले नपठाउँदा वितरण गर्न नसकिएको उनले बताए । कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा एक आश्रित बालिका सहित ४६ र पुरुषकक्षमा ४५० सहित जम्मा ४९६ जना कैदी छन् । २०४२ र २०४६ साल र २०६२र०६३ को ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिले कैदीको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी अभिलेखले देखाएको छ । कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने तथा सुत्नबस्न नै ठाउँ नपाउँदा निकै गाह्रो भइरहेको कैदीहरूको गुनासो छ । महिला कक्षका ४६ कैदीका लागि एकं एक वटा धारा र शौचालय मात्र छ । त्यसैगरी पुरुषकक्षका ४५० जनामा उपयोगमा चाररचार वटा धारा र शौचालयमात्र हुँदा दिसापिसाव घण्टौँ पालो कुर्नु पर्ने समस्याले नै बिरामी बढ्ने पुरुषकक्षका एक पाका कैदीले गुनासो गरे । नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको चार हात जमिनमा खाँदिएर बस्नु र सुत्नु पर्दा धेरैलाई लुतो भएको पुरुष कक्षका एक कैदीले बताए । पछिल्लो पटक जाडो बढे सँगै श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरूको उपचार राम्रो नहुँदा आपूmहरूलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुष कक्षका अर्का एक कैदीले टिप्पणी गरे । कारागार प्रमुख ठाकुरले पनि कैदीको गुनासो स्वीकार गरे । “कारागारमा दिनहुँ कैदी पठाइन्छन् तर थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च आउँदैन, घानमा म पर्छु ।” “के गर्नु हजुर..१ नुहाउन नपा’को कति दिन भइसक्यो” पुरुषकक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो लुङ्गी उचालेर घाउरखटिरा देखाउँदै भने, “आफैँले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुने’भो ।” कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ । खासगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदीको सङ्ख्या निकै बढेकाले कारागारको आन्तरिक व्यवस्थापन पनि अस्त व्यस्त हुने गरेको हो । कारागारमा अहिले रहेका ४९६ कैदीमध्ये ६० प्रतिशत पूर्पक्ष थुनुवा रहेको कारागार प्रमुख ठाकुरले जानकारी दिए । संवत् १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको यो कारागार त्यस यता उचित मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेण्टको टुक्रा दिनहुँ उप्केर झर्ने क्रम जारी छ । आपूm कानुनी परिबन्दले थुनिनु परेको गुनासो गर्ने गरेका एक थुनुवाले विरक्तिँदै भने, “अरु त अरु....यहीँ किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले रातदिन सताउँछ ।” रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies