Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा

काठमाडौं। नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा वस्न लागेको हो । वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काअनुसार नेपाल–बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको वैठक सोमबार र मंगलवार वस्ने तय भएको हो । वैठकमा सहभागी हुनको लागी वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आइपुगेका छन् । नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्नेछन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको वैठक समेत तय भएको छ । उक्त वैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले वैठकको नेतृत्व गर्नुहुनेछ भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्नेछन् । वैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारवारे समेत दुवैपक्षबीच वार्ता हुनेछ । त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत वैैठकमा छलफल हुने बताइएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ को गत सेप्टेम्बरमा भएको वङगलादेश भ्रमणमा पनि दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री पुनले त्यसका लागी छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताएका थिए । मन्त्री पुन उर्जामन्त्रीका रुपमा आईसकेपछि नै वङगलादेशसंग उर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझारीमा वङगलादेशका तर्फवाट उर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरेका थिए । उर्जामन्त्री पुनले नेपालको जलविद्युत बङगलादेशलाई बेच्ने वातावरण आफुले बनाउने दावी गर्दै आउनुभएको छ । उहाले नेपालमा उत्पादीत विजुलीको खपतका लागी आन्तरीक वजार बनाउनुका साथै क्षेत्रीय वजार निर्माणका लागी समेत पहल गरिहेका छन् । मन्त्री पुनकै पहलमा चीन र बङगलादेशसंग इनर्जी कोअपरेशनमा हस्ताक्षर भएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending