Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

कृषि अनुसन्धान परिषद् नार्कप्रति मन्त्री खनालको चरम असन्तुष्टि, यसरी पोखे आक्रोस

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कृषि क्षेत्रमा गरेको अनुसन्धाक कृषकको माझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्क प्रति असन्तुष्टि जनाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र बाँकेको प्रथम चौमासिक प्रगती समिक्षा गोष्ठिमा बोल्दै मन्त्री खनालले नार्कको प्रगतीबाट पाँच प्रतिशत मात्र सन्तुष्ट रहेको भन्दै नार्कलाई आफ्ना कृयाकलापमा परिवर्तन गर्न आग्रह गरे । ‘नार्कका कर्मचारी प्रति मेरो कुनै गुनासो छैन, तर तपाईका कृयाकलापबाट म सन्तुष्ट छैन, मन्त्री खनालले भने, ‘कृषि क्षेत्रको अनुसन्धान समान रुपमा फैलाउने काम हुन सकेन, बजेट नभएर, भिजन नभएर हो वा नेतृत्वको लडाई ? त्यो मलाई थाहा छैन तर बनाउने भन्दा भत्काउने काम भयो ।’ नार्कको अनुसन्धान आवश्यकताअनुसार किसानसँग नजोडिएको र किसानको घरमा नपुग्दा राष्ट्रलाई पनि फाइदा नपुगेको मन्त्री खनालको भनाई छ । कि त हामीसँग प्रयाप्त श्रोत साधान र प्रयोगशाला नभएको भनेर हात झिक्न पर्यो, होइन भने फाइदा के भन्दै खनालले प्रश्न गरे । आवश्यकता अनुसार कृषि अनुसन्धान फैलाउन नसक्नुको कारण पेश गर्न पनि कृषि मन्त्री खनालले निर्देशन दिएका छन् । नार्कमा रहेका पेशागत युनियनप्रति पनि मन्त्री खनालले आक्रोस पोखेका छन् । युनियनले हरेक कुरामा हक्ष्तक्षेप गर्न खोजेको र सबै निर्णय आफैले गर्न खोज्ने हो भने मन्त्री, मन्त्रालय र सरकार किन चाहियो भन्दै प्रश्न गरे । प्रविधिलाई कुराले नभई व्यवहारले किसानसँग जोड्न भन्दै उनले अनुसन्धानलाई केन्द्रीत गरी राज्यको आखाँमा ल्याउन आग्रह गरे । उनले जधावाभी बाली लगाएर अनुदान माग्ने मात्र परिपाटी रहेको भन्दै त्यसलाई पनि परिवर्तन गर्न किसानसँग आग्रह गरेका छन् । ‘अनुसन्धान विनाका जथाभावि भाली लगाएर फाइदा हुँदैन, खनालले भने, अनि असफलता लाग्छ र बाली लगाउन छोड्छन्, त्यसले फाइदा भन्दा घाटा बढी हुन्छ । यसैबीच बाँकेको खजुरामा रेन आउट सेल्टर सञ्चालनमा ल्याइएको छ । घाम पानीबाट विउलाई बचाउने प्रविधि रेन आउटको कृषि मन्त्री खनालले उद्घाटन गरेका हुन् । ६६ लाखको लगानीमा उक्त प्रविधि प्रयोगमा ल्याइएको हो । नेपालमा जनकपुर डोटी र खजुरा गरी तीन ठाउँमा यो प्रविधि प्रयोग गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: