Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

श्रृङ्खला खतिवडालाई अफगानिस्तानबाट पनि समर्थन, खतिवडालाई पठाएको सन्देश यस्तो छ

चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडाले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरूको समेत समर्थन पाएर आफू भावविह्वल भएको बताएकी छन् ।

चीनको हाइनान प्रान्तको सान्या नगरमा जारी मिस वर्ल्ड प्रतियोगितामा सहभागी नेपाली युवती श्रृङ्खला खतिवडालाई विश्वभरबाट समर्थन आउने क्रम जारी छ । उनलाई शुभकामना दिँदै समर्थन गर्नेहरूको सूचीमा अहिले अफगानिस्तानमा खटिएका ब्रिटिश गोर्खा सैनिकहरू पनि थपिएका छन् । र, यो पनि एक भिडिओ सन्देशमा ती सैनिकहरूले भनेका छन्, \"श्रृङ्खला यसरी नै अभिप्रेरित रहिरहनु ।\" आफ्नो इन्स्टाग्राममा गोर्खा राइफल्सका सदस्यहरूले पठाएको भिडिओ सन्देश राख्दै तीन दिनअघि खतिवडाले लेखिकी छन्, \"अफगानिस्तान देखि ब्रिटिश सेनाको रोएल गोर्खा राइफल्सका सदस्यहरूबाट प्राप्त समर्थनका कारण म भावविह्वल भएकी छु । यसले मेरो लागि धेरै अर्थ राख्दछ । आभारी ।\"

सन्देशमा के छ ?

उनलाई पठाएको सन्देशमा ब्रिटिश गोर्खामा कार्यरत नेपाली युवकहरूले लेखेका छन्, \"अहिले अफगानिस्तानमा खटिएका फर्स्ट बटालियन रोएल गोर्खा राइफल्समा कार्यरत सैनिकहरू श्रृङ्खला खतिवडालाई आगामी मिस वर्ल्ड प्रतियोगितामा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।\" श्रृङ्खला खतिवडालाई इन्स्टाग्राममा ३ लाख ३० हजार जनाले पछ्याइरहेका छन् । प्रतियोगीहरू अन्तिम चरणको प्रतिस्पर्धातर्फ अघि बढ्दै गर्दा खतिवडालाई विश्वभर छरिएका नेपालीहरूको समर्थन आउने क्रम जारी रहेको देखिन्छ । मिस वर्ल्ड प्रतियोगिता अन्तर्गत केही दिनअघि आयोजित हाइनान पर्यटन मेलाका अवसरमा सान्या पुगेको एउटा नेपाली टोलीले खतिवडालाई भेटेर शुभकामना दिएको थियो । उनले लेखेकी छन्, \"विदेशी भूमिमा नेपालीहरूलाई भेट्दाको खुसी पनि अमूल्य हुँदो रहेछ ।\" मिस वर्ल्डको वेबसाइटमा राखिएको जानकारी अनुसार यसपाली जारी प्रतियोगिताको ६८ औं संस्करण आगामी डिसेम्बर ८ तारिखसम्म चल्दैछ । त्यो दिन गत वर्षकी मिस वर्ल्ड विजेता मानुषी चिल्लरले नयाँ विजेतालाई मिस वर्ल्डको ताज पहिर्‍याउँने कार्यक्रम छ । बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending