Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

तीव्र निर्माणमा गेटा मेडिकल कलेज

धनगढी ।  कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको स्थानीयवासी तीर्थराज ओझाले बताए । ‘‘शुरुका वर्षमा विभिन्न बाधा अवरोध र झन्झटिलो प्रक्रियाका कारण यो योजना कार्यान्वयनमा आउनेमा शङ्का थियो, ओझाले भने, “अहिले भने काम धमाधम भइरहदा आशा जगाएको छ ।” सरकारले विसं २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकोमा झन्झटिलो प्रक्रियाका कारण निर्माणकार्य भने दुईवर्ष अघिदेखि मात्रै शुरु भएको थियो । मेडिकल कलेजका निर्माणाधीन अस्पताल भवनको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिए । अस्पताल भवनका बाँकी तीन तलासहित अन्य सातवटा संरचना निर्माणका लागि हालै बोलपत्र आह्वानसमेत भइसकेको छ । पहिलो चरणमा कलेजको तीन तले अस्पताल भवन निर्माणको काम आगामी एक वर्षभित्र पूरा हुनलागेको निर्माण कम्पनीका इञ्जिनीयर शिव कार्कीले बताए । कलेजका लागि दुई तलाको र तीन तलाको गरी दुईवटा छुट्टा छुट्टै भवन निर्माणाधीन रहेकोमा ५५ प्रतिशत निर्माणकार्य पूरा भइसकेको छ । यस्तै पाँच तलाका दुईवटा छात्रवास भवनको काम पनि करीब ४० प्रतिशत पूरा भइसकेको छ । आउने पुस महीनाभित्रमा यो भवनको काम पूरा हुने जनाइएको छ । चिकित्सकको आवास गृहको रुपमा आठवटा भवन निर्माण गरिन लागिएको छ । अन्य कर्मचारीको आवासका लागि पनि तीन वटा छुट्टै भवन निर्माण गर्न लागिएको छ । मेडिकल कलेज परिसरको मूल बाटोलाई यसवर्ष ग्राभेल गर्न लागिएको छ । कलेज निर्माणस्थलको उत्तर तर्फ रहेको नदीको नियन्त्रणको कामका साथै नदी किनारमा नयाँ सडक निर्माणको काम पनि सँग सँगै गर्न लागिएको छ । चालु वर्षमा फोहर व्यवस्थापन र पानी व्यवस्थापनको कामका लागि बोलपत्र आह्वान गर्न लागिएको छ । गेटा मेडिकल कलेज छ सय श्ययाको निर्माण गर्ने लक्ष्य छ । कलेजको पहिलो चरणमा निर्माणाधीन अन्य कतिपय भौतिक पूर्वाधारको काम आर्थिक वर्ष २०७७÷७८ मा पूरा गर्ने लक्ष्य छ । ‘‘कलेजमा पठनपाठन शुरु गर्नका लागि भने संस्थाको ऐन कानून आवश्यक पर्ने हुन्छ, कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक पुजाराले भने, “यसका लागि सरकारले गृहकार्य गर्नु जरुरी छ ।” भौतिक संरचना निर्माणका लागि हालसम्म रु तीन अर्ब पाँच करोडको ठेक्का भइसकेकोमा चालु आर्थिक वर्षमा थप रु एक अर्ब बराबरका संरचना निर्माणका लागि ठेक्का दिइएको छ । कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्रकुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब ८ हेक्टर जग्गामा रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले पूर्वाधार निर्माणको काम पनि ढिलो गरी शुरु भएको हो । कलेजको भोग अधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिगाहा जग्गामा मुक्तकमैया परिवारको बसोवास छ । उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापन गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा संरचनाको निर्माण कार्य भने अन्योलमा छ । ‘‘मुक्तकमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तर्गतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना छ, कार्यकारी निर्देशक पुजाराले भने,“तर सम्बन्धित नगरपालिकाले उनीहरुलाई अन्यत्रै बसोवास गराउन अहिलेसम्म पहल नगर्दा संरचना निर्माणमा समस्या सिर्जना हुने देखिएको छ ।” मेडिकल कलेज स्थापनाको घोषणासँगै खुशी भएका सुदूरपश्चिम प्रदेशबासी कलेजमा पठनपाठन शुचारु हुने योजनाको प्रतिक्षामा छन् । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies