Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अक्टोबर क्रान्तिबारे शनिबार काठमाडाैंमा कार्यक्रम हुने, यस्तो छ इतिहास

काठमाडौं । अक्टोबर क्रान्ति १०० बर्ष पुगेको उपलक्ष्यमा काठमाडौंमा कार्यक्रम हुने भएको छ । मंसिर १५ गते शनिबारका दिन प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हुन लागेको हो । नेपालमा पोहोर सालदेखि कार्यक्रम शुरु गरिएको कार्यक्रमका संयोजक सोनाम साथीले जानकारी दिए । तिहारको लक्ष्मि पुजाको दिनमा कार्यक्रम परेको हुनाले त्यस कार्यक्रम मंसिर १५ गतेका लागि सारिएको उनले बताए । हामिले सोनाम साथीलाई अक्टोबर क्रान्ति नेपालमा किन मनाउने भनेर सोधेका थियौं । उनले जवाफ यसरी दिए \'आजभन्दा १०० बर्ष अघि रुसको पेट्रोग्राड सहरमा प्रथम महायुद्ध चलेको थियो । उक्त युद्धमा रुस पनि सामेल थियो । रुसका करिब ४ लाख सिपाहिहरुले ज्यान गुमाइसकेका थिए । जहारको सासन थियो । भोकमरि पनि चलेको थियो । त्यहाँ भोककरी, अनिकाल र जाडोले कति मरे त्यसको हिसाब छैन् । त्यसबेला रुसी सामाजिक जनवादी पार्टीको नेतृत्वमा १९१७ का नेभेम्बर ७ तारिकको दिन त्यहाँका मजदुरहरुले बिद्रोह गरेर सरकार ढालेका थिए । त्यसपछि देशमा नयाँ व्यवस्था आयो । निजि सम्पति राख्न नपाइने । सम्पति जति सबै सार्वजनिक हितको लागि प्रयोग गर्नुपर्ने (जसलाई कम्युनिष्ट व्यवस्था पनि भनिन्छ) कोशिस गरे । त्यसपछि त्यहाँका सामान्तिहरुको जमिन सबै किसानहरुलाई बाँडिदिए । महिलाहरुमाथि हुने भेदभाव खारेज गरे । तेस्रोलिङ्गीहरुमा हुने भेदभाव पनि खारेज गरिदिए । युद्ध पनि बन्द भयो । अनि त्यहाँ जनताहरुलाई खानपानको पनि व्यवस्था भयो । त्यसपछि त्यहाँ सोभियत संघको सरकार गठन भयो । त्यहाँका जनताले सरकारको अनुभुति पाए । यसैको उपलक्ष्यमा कार्यक्रम गर्न लागेका हौं ।\' यस्तो छ अक्टोबर क्रान्तिको इतिहास अक्टोबर क्रान्ति सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा समाजवादी क्रान्ति भएको थियो। त्यस क्रान्तिले करोडौं रूसी जनतालाई जहानियाँ जारको शोषणयुक्त शासन तथा फ्रान्स, जर्मनी र ब्रिटेनको साम्राज्यवादी अत्याचारबाट मुक्ति दिलाएको थियो । आज सय वर्ष बितिसक्दा पनि जनताको अजेय शक्तिमा आधारित त्यो क्रान्तिको महत्व संसारभरकै शोषित पीडित जनताका लागि उत्तिकै छ। किनकि त्यस क्रान्तिले सर्वप्रथम मानिसबाट मानिसको शोषण हुने शासन पद्धतिमाथि ठूलो धक्का दिएको थियो । त्यो क्रान्ति सम्पन्न भएको २५ वर्ष नपुग्दै सोभियत संघको सेनाले त्यसअघि अजेय मानिएको हिटलर नेतृत्वको जर्मनीको फासीवादी सेनालाई परास्त गरी पूर्वीयुरोपका विभिन्न देशमा जनतान्त्रिक गणतन्त्रको लागि बाटो प्रशस्त गरिदिएको थियो । त्यसैगरी सो क्रान्तिको ३० वर्षपछि सोभियत संघको सहयोगमा चीनको कम्युनिस्ट पार्टीले राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न गरी साम्राज्यवादी शक्तिहरूद्वारा समर्थित चाङ काइ सेकको पार्टीलाई पराजित गरेको थियो। सोभियत नेता लेनिनले सन् १८७१ को पेरिस कम्युनबाट सिक्दै क्रान्तिलाई पूर्णता दिएका थिए । भनिन्छ- जब अक्टोबर समाजवादी क्रान्ति पेरिस कम्युनभन्दा धेरै समयसम्म टिक्न सक्यो, उनी खुसीले नाचेका थिए । तर लेनिनका उत्तराधिकारी स्टालिनको मृत्युपछि रूसमा समाजवादी क्रान्तिलाई भत्काउने कार्यहरू भए र आजसम्म आइपुग्दा हिजोको सोभियत संघको ठाँउमा रूसमा एउटा पुँजीवादी व्यवस्था पुनस्र्थापित भएको छ । तैपनि सन् १९१७ को समाजवादी क्रान्तिले ल्याएका उपलब्धिहरूको कारणले उक्त क्रान्तिको महत्वव यथावत् छ । अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान, सैनिक र श्रमिकहरूको बलमा भएको थियो । त्यहाँका जनता वर्ग संघर्षको लामो प्रक्रियाबाट गुज्रेका थिए र उनीहरूले अनुशासित ढंगबाट बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए । प्रथम विश्वयुद्धताकाको दुःखद अनुभव उनीहरूसँग थियो र उनीहरू लेनिन नेतृत्वको बोल्सेभिक पार्टीले मात्र उनीहरूको देशलाई अन्तर्राष्ट्रिय साम्राज्यवाद, सामन्तवाद र अन्तर्राष्ट्रिय पुँजीवादी पद्धतिबाट मुक्त गरी जनतालाई शान्ति, भोजन र जोत्नका लागि जमिन दिन सक्छ भन्नेमा विश्वस्त थिए । त्यही आशाअनुरूप क्रान्तिपछि त्यहाँको बोल्सेभिक पार्टीले जोत्नको लागि जमिन प्रदान गर्‍यो । बोल्सेभिक पार्टीका नीतिहरूलाई व्यवहारमा लागू नगरिएको भए क्रान्तिपछिको गृहयुद्धको स्थितिमा त्यहाँ क्रान्तिले सफलता पाउने थिएन । त्यसैगरी अर्को सफलताको कारणको रूपमा रहेको थियो- आत्म निर्णयको अधिकारसहितका अन्य अधिकार युक्रेन, जर्जियालगायतका देशका जनतालाई दिनु । यसले गर्दा साम्राज्यवादी शक्तिहरूले त्यहाँको अवस्थाको फाइदा उठाए र जतामा फुट ल्याउन सकेनन् । उदाहरणको लागि सन् १९१८ को मध्यतिर अर्थात् अक्टोबर क्रान्ति सफल भएको केही महिनापछि नै पुरानो जार सत्ताका सेनाले ब्रिटेन, फ्रान्स, अमेरिका र जापानसँग मिलेर विदेशी हस्तक्षेप निम्त्याएका थिए तर रसियन कामदार वर्गको अक्टोबर क्रान्तिप्रतिको समर्थनले त्यो हस्तक्षेप विफल हुन पुग्यो । अक्टोबर क्रान्तिले रूसी साम्राज्यभित्र र बाहिरका देशका जनतालाई शोषण र अत्याचारबाट मुक्त नगरेको भए त्यो क्रान्तिले पूर्णता पाउन सक्ने थिएन । लेनिनको नेतृत्वको बोल्सेभिक पार्टीले जार शासनअन्तर्गत दबिएका राष्ट्रका नागरिकलाई आआफ्नै प्रकारले फल्न फुल्न दिने घोषणा गरेको हुँदा ती राष्ट्रका जनताले आफूखुसी सोभियत समाजवादी गणतन्त्रात्मक संघमा प्रवेश गरे । त्यही संघको कारणबाट सोभियत युनियनको आर्थिक, सांस्कृतिक र राजनीतिक शक्तिको पनि जग बस्न गयो । सोभियत समाजवादी सत्ताविरोधी देशीविदेशी शक्तिहरूले राष्ट्रलाई गृहयुद्धमा धकेले र करिब ७० लाख जनताको ज्यान गयो। तैपनि अन्त्यमा सोभियत कामदार वर्गको ऐक्यबद्धताले साम्राज्यवादी शक्तिहरू पराजित भए । त्यही समाजवादी शक्तिको विजयको कारणले द्वितीय विश्वयुद्धमा सोभियत संघले जर्मनीका हिटलरको नेतृत्वको फासीवादविरुद्ध निर्णायक लडाइँ लड्यो । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले त्यतिबेलाको सोभियत संघको प्रशंसा आफ्नो आत्मकथामा गरेका छन् र आफू समाजवादी क्रान्तिबाट धेरै प्रभावित भएको उल्लेख गरेका छन् । त्यति मात्र होइन, द्वितीय विश्वयुद्ध उत्कर्षमा पुगेको बेला सन् १९४२ मा अमेरिकी जनरल डगलस मेक अर्थरले पनि रूसी व्यवस्थाको प्रशंसा गरेका थिए । \'द ग्रेट कन्स्प्रेसी\' नामक पुस्तकको १३८ पेजमा उनले रसियन सेनाको साहस र वीरतामै मानव जातिको सभ्यताको रक्षाको आशा रहेको बताएका छन् । अर्थरले आफ्नो जीवनमा धेरै लडाइँ र संघर्षका घटनाहरू अनुभव गरे पनि सोभियत सेनाको जस्तो साहस कहिल्यै नदेखेको बताएका छन् । अहिलेसम्म अपराजित हिटलरको फासीवादलाई सोभियत संघको सहभागिताविना पराजित गर्न नसकिने उनले उल्लेख गरेका छन् । सोही किताबमा ब्रिटेनका तत्कालीन प्रधानमन्त्री विन्सटन चर्चिलले ‘संसारमा कुनै पनि सेनाले सोभियत सेनाले जस्तो कठिन परिस्थिति झेल्नुनपरेको र त्यसो हुँदाहुँदै पनि सोभियत सेनाले हिटलरको सेनामाथि गरेको आक्रमणले नै संसारलाई फासीबादबाट मुक्त गर्न सकिएको उल्लेख छ । अक्टोबर क्रान्ति सफल नभएको भए सोभियत संघ या सोभियत सेनाको निर्माण हुने थिएन र द्वितीय विश्वयुद्धमा हिटलरका सेनाले पश्चिमी देशहरूलाई पराजित गर्ने सम्भावना रहन्थ्यो । तर दुःखको कुरा, आज संसारमा अक्टोबर क्रान्तिको महत्वलाई बेवास्ता गरिएको छ र त्यसको गम्भीर परिणाम मानव जातिले भोग्नुपरेको छ । सामान्यतया रेड अक्टोबरको रूपमा उल्लेख गरिएको छ, अक्टोबर बिद्रोह्स्वि िक क्रांति, वा बोल्स्कीक कप्तान बोल्स्किविक्स र व्लादिमीर लेनिनको नेतृत्वमा रूसमा एक क्रांति थियो जुन १९१७ को ठूलो रूसी क्रांतिमा रहेको थियो। यो पेट्रोग्रेडमा सशस्त्र विद्रोह भएको थियो । ७ नोभेम्बर, २५ अक्टोबर, पुरानो शैली १९७१ को २५ अक्टोबर १९१७ का दिन रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । यसलाई ‘रुसी अक्टोबर समाजवादी क्रान्ति’ पनि भनिन्छ । कतिपयले यसलाई ‘महान् अक्टोबर क्रान्ति’ पनि भन्छन् । कतिपयले भने महान् त के नाम पनि उच्चारण गर्न चाहँदैनन् । उक्त पार्टीका प्रमुख नेता भीआई लेनिन थिए । त्यसैले रुसी अक्टोबर क्रान्तिको कुरा गर्दा बोल्सेभिक पार्टी र लेनिनको नाम अगाडि आउँछ । सन् १९१७ मा अक्टोबर क्रान्ति भएसँगै विश्वमा कम्युनिस्ट पार्टीहरू तीव्र रूपमा निर्माण भए । सन् १९१८ मा जर्मन कम्युनिस्ट पार्टी, १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी र १९२८ मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भए । नेपालमा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । अक्टोबर क्रान्ति भएको ३२ वर्षपछि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई बल प्रयोगको विधिबाट सम्पन्न गर्न सक्ने पाठ सिकायो । परिणामतः विश्वका कम्युनिस्ट पार्टीले आफ्नो क्षमताले भ्याएसम्म सशस्त्र बल प्रयोगको विधि प्रयोग गरे । अक्टोबर क्रान्तिसँगै विश्वमा समाजवादी कित्ताको निर्माण भयो । परिणामतः २०औं शताब्दी सशस्त्र संघर्षको युगजस्तै भयो । पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धलाई अलग गर्दा पनि थ्रप्रै सशस्त्र संघर्ष भए । सन् १९५० देखि १९५३ सम्म कोरियाली प्रायःदीपको युद्ध, १९६५ देखि १९७३ सम्मको भियतनामको युद्धजस्ता ठूला युद्धहरू अक्टोबर क्रान्ति अर्थात् कम्युनिस्ट आन्दोलनसँग जोडिएर भए । पूर्वी युरोप र एसिया क्षेत्रमा अक्टोबर क्रान्तिको प्रभाव बढी प¥यो । विश्वका धेरै देशमा कम्युनिस्ट पार्टीहरूको स्थापना भए । ती देशमा अक्टोबर क्रान्तिको नक्कल गरिए । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका नेता माओत्सेतुङको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा पनि सशस्त्र संघर्षमार्फत क्रान्ति गर्ने भन्दै अक्टोबर क्रान्तिको नक्कल गर्न खोजियो । सन् १९७८ मा तत्कालीन नेकपा मालेले त्यसको अभ्यास ग¥यो । सन् १९९० मा तत्कालीन नेकपा (माओवादी) ले १० वर्षसम्म सशस्त्र संघर्ष ग¥यो । नेपालका कम्युनिस्ट पार्टीहरूले गरेका यी सघर्षमा कुनै न कुनै रूपमा अक्टोबर क्रान्तिको लिगेसी पाइन्छ । सय वर्षको अवधिमा यो क्रान्तिको प्रभाव उत्कर्षमा रह्यो । यसले विदेशी हस्तक्षेपविरुद्ध निर्मम ढंगले प्रतिरोध गर्न सिकायो । सामन्तवादविरुद्ध डटेर लड्न सिकायो । राजनीतिक सत्ता खोसेर लिनुपर्छ र त्यसका लागि सशस्त्र संघर्षमार्फत बल प्रयोग गर्नुपर्छ भन्ने सिकायो । शान्तिपूर्ण संघर्षलाई अस्वीकार ग¥यो । शान्तिपूर्ण संघर्ष गर्न खोज्ने कम्युनिस्ट पार्टीहरूलाई बुर्जुवाकरण र क्रान्तिबाट भागेको जस्ता आरोप स्वयं कम्युनिस्ट पार्टीहरूले लगाए । नेपालमा राजतन्त्रको अन्त्य हुनुमा माओवादी सशस्त्र संघर्ष नै प्रमुख कारण हो । माओवादी सशस्त्र संघर्ष हुनुमा अक्टोबर क्रान्तिको प्रभावले काम गरेको छ । यसले आधा विश्वलाई समाजवादी कित्तामा उभ्याउन आधारभूमि तयार ग¥यो । उक्त क्रान्तिपश्चात् लेनिनले आठ वर्ष शासन गरे । स्टालिनले २८ वर्ष शासन गरे । उनीहरूले पार्टी सञ्चालनमा जनवादी केन्द्रीयताको अभ्यास गरे । उक्त क्रान्तिपछिको साम्यावादी सत्ता सञ्चालनको विषय चर्चायोग्य हुन्छ । यो सय वर्षको अवधिमा साम्यवादी सत्ताले विश्वलाई के दियो भनेर हेर्न आवश्यक छ । यो विषय अक्टोबर क्रान्तिको विषयसँगै जोडिन्छ र जोडिनुपर्छ । सय वर्षको यो अवधिमा सन् १९२२ मा सोभियत संघको निर्माण भयो भने १९९१ त्यसको भंग भयो । पहिलो विश्वयुद्धको समाप्ति नहुँदै भएको यो क्रान्तिले दोस्रो विश्वयुद्धलाई रोक्न सकेन । केही तानाशाही सत्ता ढले । राष्ट्रिय स्वाधीनताको आन्दोलन उत्कर्षमा पुग्यो । यस अवधिमा प्रायः सबै औपनिवेशिक देशहरू स्वतन्त्र भए । सर्वहारा वर्गको सत्ता निर्माण गर्ने नाममा बुर्जवा तथा नोकरशाही सत्ताहरूको अगाडि चुनौती खडा भए । अक्टोबर क्रान्तिलाई आदर्श मान्दै बनेका कम्युनिस्ट पार्टीले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: