Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

दुई जर्मन नागरिक शेर्पा फाउन्डेशनद्वारा सम्मानित

काठमाडौँ। नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई जर्मन नागरिकलाई हिमालयन शेर्पा फाउन्डेशनले सम्मानित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जर्मन नागरिक द्वय डा मेथियस वाउमन र फ्रेक स्टेवलरलाई हिजो यहाँ आयोजित एक कार्यक्रममा  सम्मान पत्रबाट अभिनन्दन गरे । डा मेथियसले सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिम पहिरो आइ १६ जना भन्दा बढी आरोहीहरुको निधन हुँदा त्यहाँ पुग्नु भई उद्दार कार्यमा संलग्न हुनुका साथै आरोहीहरुको बाल बच्चाहरुलाई काठमाडौँमा ल्याइ विद्यालयमा पढाइदिने कार्य गरी रहेका छन् । त्यसैगरी उनले सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा देशले ठुलै संकट सामना गरी रहँदा उनी पुनः नेपाल आइ धेरै भुकम्पपिडित विरामीहरुको सेवा गर्दै नेपालमा धेरै स्थानहरुमा भत्केका भौतिक संरचनाहरु तयार पार्ने कार्यमा संलग्न भए । यसै क्रममा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं. ३ गुमेलामा रहेका जनसेवा नि.मा.वि.पुनःनिर्माण कार्यमा उहाँले विशेष सहयोग गरे भने काभ्रेपलाञ्चोक जिल्लामा पनि २ वटा विद्यालय भवन पुनःनिर्माण गरिदिए । त्यसैगरी उनले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं. ३ फक्दिङमा हिमालयन शेर्पा अस्पताल निर्माण गर्नको लागि विशेष भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै सन् २०१५, २०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ विजेता भएको फ्रेक स्टेवलर पनि हिमालयन शेर्पा अस्पताल निर्माणमा आर्थिक संकलन कार्य गर्नको लागि नेपाल भ्रमणमा आउनु भएकोले उनलाई पनि अभिनन्दन गरिएको हिमालयन शेर्पा फाउन्डेशनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending