मंसिर १२ गते, २०७५ बुधवार 28th November, 2018 Wed१३:३६:५४ मा प्रकाशित
भोजपुर । खानेपानी जोहो गर्न आकाशेपानीलाई पोखरी, तलाउ, विभिन्न किसीमका ट्याङ्कीमा सञ्चय गर्ने चलन ग्रामिण भेगहरुमा चलिआएकै हो । त्यसै गरी पानीलाई फारो गरेर चलाउने परिपाटी पनि सामन्य बिषय नै हो । तर, खानेपानीको जोहो गर्ने नाममा पानीको कुवामै ताल्चा लगाउनुपर्ने अवस्था भने धेरैका लागि नौलो बिषय हुनसक्छ । धेरैैलाई पत्यार नलाग्न सक्छ भोजपुर मानेभञ्ज्याङस्थित रानागाउँमा यस्तै प्रचलन सुरु भएको छ । यहाँ कुवामा ताल्चा लगाउनु सामन्य बिषय जस्तै बनेको छ ।
जिल्लाको दक्षिणी भेगको केहि ग्रामिण बस्तीमा खानेपानी समस्याका कारण कुवामा ताल्चा लगाउने गरिएको रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको रानागाउँ टोलकी रमिला रानामगरले बताइन् । हिंउँद लागेसंगै खानेपानीको समस्या पर्ने भएको हुँदा यस्तो अभ्यास सुरु भएको उनले जानकारी दिइन् ।
रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको रानागाउँ टोलका १६ घरपरिवारलाई बिहान बेलुका जेनतेन २/२ गाग्री खानेपानी पुग्ने गर्छ । खानेपानीको अभाव खट्किएका बेला कुवामा पानीको लापारबाहीले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने सुरु गरिएको हो । भनिन्, ‘गाउँका सबैलाई भनेजति खानेपानी पुग्दैन । एकचोटीमा सबैलाई २ गाग्री जतिमात्रै खानेपानी उघाउन पुग्छ । त्यसपछि कुवाको पानी सिद्धिन्छ । पानी थोरै पुग्ने भएकोले यसको लापारबाही नहोस् भनेर ताल्चा लगाएका हौँ ।’
पहिले यो कुवामा रानागाउँबासी मात्र नभई आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि खानेपानी लान र चलाउन सास्ती हुन्नथ्यो । तर पछि खानेपानीको मुहानको सुक्दै गएसंगै कुवामा रातीराती जथाभाबी पानी लान थालेपछि कार्तिक पहिलो हप्ताबाट गाउँलेकै निर्णयमा कुवामा ताल्चा लगाउन थालिएको अर्का स्थानिय जित बहादुर क्याप्छाकीमगरले सुनाए ।
‘पहिलापहिला कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो । तर पछि मुहानको सतह घट्न थालेपछि खानेपानी पुग्न छाड्यो । पछि खानेपानी कम भईरहेका बेला वल्लोपल्लो गाउँका मानिसहरु रातीराती आएर पानी लगेर जाने, विहान खानेपानी लिन जाँदा कुवामा पानी हुन छाडेपछि ताल्चा लगाउन सुरु ग¥यौँ ।’ उनले भने, ‘बिहान ५ बजे र बेलुकी ६ बजे हामी ताल्चा खोलेर एकदुई गाग्री कति पुग्छ पानी सबैलाई बराबरी बाँड्ने गरेका छौँ ।’
बिज्ञहरुका अनुसार जलवायू परिबर्तनका कारण पछिल्लो समयमा खडेरीको प्रकोप देखिन थालेको हो । खडेरीका कारण पानीका मुहानहरु सुक्ने गरेको पाइएको बिज्ञहरुको तर्क छ । त्रिभूवन बिश्व बिद्यालयका उपप्राध्यापक डा. रघुबीर बिष्टका अनुसार प्रकृतिको निशुल्क बरदान खानेपानीको अभावमा मानब तथा जीवजन्तुको जीवन यापनमा असर पर्ने र कृषि तथा बोट बिरुवालाई हानी पु¥याउने गर्दछ । यसबाट सबै भन्दा बढी आदिवासी जनजाति प्रभावित भएका छन् ।
बाँच्नका लागि अतिआवश्यक खानेपानीको अभाव भए पछि यहाँ धेरैको दैनिकी पानी जोहो गर्नमै बित्ने गरेको स्थानीय कृष्णकुमारी रानामगरको अनुभव छ । आफनो जीवनको ५० बर्षे अनुभवमा यस प्रकारको खानेपानीको अभाव देख्न नपरेको सुनाउँदै उनले थपिन ‘एकातिर कुवाबाट मानिसलाई खानेपानी जोहो गर्न कठिन छ भने अर्कोतिर बस्तुभाउ, चौपायालाई पानी पु¥याउन समस्या भएको छ । पानीकै अभावमा यहाँका स्थानीयहरु बसाईसराई गरेर अन्यत्र गएको उनले सुनाइन् ।
पृथ्वीलाई वरिपरि रहेका वायुमण्डलमा ‘हरितगृह ग्यास’ भरिए पछि अस्वभाविक जलवायू परिबर्तन हुने गर्दछ । मानिसका विभिन्न क्रियाकलापका कारण हावा तैरिएर रहेको यो वायु अर्थात ग्यास वढ्दै गएकोले घामको किरण जमिनमा ठोकिएपछि अन्यत्र जानबाट रोकेर वायुमण्डलमै राखिराख्नाले जमिनको अर्थात पृथ्वीको सतह आवश्यकता भन्दावढी तात्तिने क्रम वढेको र त्यस्ले जलवायुको स्वरुपमा पनि परिवर्तन आएको वैज्ञानिकहरुको तर्क रहेको छ । यही परिवर्तन परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिन्छ ।
स्थानीय कृष्णकुमारी रानामगरका अनुसार यस गाउँमा खानेपानीको चरम संकटकै कारण घरपाल्तु चौपायापंक्षीहरु थप जोखिममा परेको छ । खानेपानी अभावकै कारण बस्तुभाउ पाल्ने रानागाउँका धेरैजसो बेसी सिक्तेलपिखुवा खोलातिर बसाई सरेका छन् । रानागाउँ आसपासका ओडारे, लट्रीडाँडा, जुकेपानीमा जम्मा तीनवटा कुवा रहेकोमध्ये ओडारेको कुवा पुरै सुकेको छ भने जुकेपानीको कुवामा १० घरधुरीलाई डेढ गाग्री जति खानेपानी दुःखसुख पुग्छ ।
विशेषगरि फागुनदेखि जेठसम्म रानागाउँमात्रै नभई पाँच सय १७ घरधुरी रहेको मानेभञ्ज्याङमा केही बर्ष अगाडि देखि खानेपानीको हाहाकार मच्चिने गरेको छ । यस ठाउँका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुँरासे लगायत खानेपानीको उच्च जोखिमका स्थानहरुमा सुख्खा र खानेपानीको अत्यन्तै समस्याका कारण अर्चले, भोर्लेनी र अगौटेका करिब ५६ घरधुरी बस्तीहरु यसअघि नै गाउँबाट विस्थापित भईसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने अवस्थामा छन् । (बबिता इन्डिजिनियस फिचर सेवामा लेख्छिन् ।)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: