Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयोः प्रदेश सभामुख घर्ती

वुटवल। प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन् । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै उहाँले अव सुखी नेपाली र समृद्ध नेपाल निर्माणका वर्षहरु हुने धारणा राखे । वुटवल मिडिया प्रकाशन प्रा.लि.द्धारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिक उत्सवको अवसरमा वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएको हो । कार्यक्रमका प्रमुख अतिथि घर्तीले गणतन्त्र प्राप्ति पछि तिनतहको निर्वाचन सम्पन्न भई संविधान कार्यन्वयन, ऐन कानून निर्माण भइरहेको भन्दै योसँगै विकाश र समृद्धिको यात्रा पनि प्रारम्भ भएको धारणा राखे । संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानता जस्ता हकहरु ग्यारेन्टी गरिएको भन्दै उनले संघीयता समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको पनि चर्चा गरे । दीगो विकास, बेरोजगारीको अन्त्य, भ्रष्टाचार न्यूनीकरण गर्दै लगानी मैत्री वातावरण बनाएर राष्ट्रिय, अन्तराष्ट्रिय लगानी मार्फत समृद्धिको यात्रा तय गर्नु पर्ने भन्दै उनले नीतिगत र व्यवहारिक कार्यलाई सँगसँगै लाग्नुपर्ने पनि औंल्याए । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नंं ५ का विपक्षी दलका नेता एवं नेपाली काङग्रेसवाट प्रदेश सभा सदस्य बलदेव शर्मा पोख्रेलले पत्रकारिता निश्पक्ष र व्यवसायीक हुनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराई, पत्रकार महासंघ प्रदेश न. ५ का उपाध्यक्ष भरत केसी लगाएतले बोलेका थिए । कार्यक्रममा स्वागत गर्दै पत्रिकाका सम्पादक बालकृष्ण चापागाईले अवको पत्रकारिता मिसन सहितको व्यवसायीकता हुनेमा पनि जोड दिएका थिए । वुटवल मिडिया प्रकाशन प्रा।लि।का अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पत्रिकाका समाचारदाता सीपी खनालले गरेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies