Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

यसकारण झनझन् बढ्यो राजपाको आन्तरिक विवाद

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्रको विवाद झन् चुलिँदै गएको छ । दिनानुदिन राजपाभित्रको विवाद झन् झन् चुँलिँदै गएको छ । अध्यक्ष मण्डलका सदस्यहरूबीच पार्टी संयोजक परिवर्तन गरिएको विषयलाई लिएर आन्तरिक विवाद थप गहिरिँदै गएको देखिएको छ । गत साता महन्थ ठाकुरलाई विस्थापित गर्दै राजेन्द्र महतो पार्टी संयोजक बनेपछि उक्त दलमा देखिएको आरोप-प्रत्यारोपमाझ सोमवार डाकिएको अध्यक्ष मण्डलको बैठक समेत प्रभावित हुन पुग्यो । तराई केन्द्रित छवटा दल मिलेर बनेको राजपा नेपालका नेताहरूबीच लामो प्रयासपछि भएको संयोजक परिवर्तनसँगै आन्तरिक विवाद छताछुल्ल हुन पुगेको छ ।

मंसिर पहिलो साता अध्यक्षमण्डलको बैठकले पार्टी एकीकरणदेखिका संयोजक महन्थ ठाकुरको ठाउँमा राजेन्द्र महतोलाई संयोजक त बनायो तर त्यसको पक्ष र विपक्षमा ध्रुवीकरण देखा परेको छ । महतोको अध्यक्षतामा सोमवार पहिलो पटक डाकिएको बैठक हुन नसक्नुलाई त्यसकै असर ठानिएको छ । आउँदो वैशाखमा पार्टीको महाधिवेशन गर्ने निधो भइसकेका बेला संयोजक परिवर्तन गरिनुलाई महन्थ ठाकुर पक्षधर नेताले सहज रूपमा लिएको पाइँदैन । राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले त्यसलाई सत्तामा जाने रणनीतिको रूपमा समेत आफूले बुझेको बताएका छन् । \"सम्झौता गरेर भए पनि सरकारमा पनि जानुपर्छ भन्ने पहिला पनि सुनिएको हो। अहिले जुन परिवर्तन भइरहेको छ वा देखिएको छ त्यो परिवर्तनको एउटा कारण यो पनि हुनसक्छ ।\" तर अध्यक्षमण्डलकै एक सदस्य राजकिशोर यादवले बाहिर सार्वजनिक भएजस्तो आफ्नो पार्टीभित्र आन्तरिक विवाद नरहेको दाबी गरेका छन् । नेता ठाकुरकै अनुरोध अनुसार पार्टीको संयोजक परिवर्तन भएको उनले दाबी गरेका छन् । \"ठाकुरजीलाई हटाएर अरु कसैलाई बनाएको होइन। न कसैलाई हटाएको हो न कसैलाई बनाएको हो । महतोजी मर्यादाक्रममा दोस्रो नम्बरमा पर्ने भएको हुनाले अब तेस्रोको पालो आउँछ त्यहाँ । त्यसैले यो एक प्रकारले जुन चक्रीय प्रणाली रोकिएको थियो, त्यो फेरि चालु भएको हो ।\" पार्टी एकताका बेला छजना अध्यक्ष चक्रीय प्रणाली अनुसार संयोजक बन्ने बताइए पनि त्यो लागु भएको देखिएको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending