Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सरकार खोज्नेहरुलाई ओलीले भने-यत्रो तामझाम हुँदा पनि देख्नु भएन ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको तामझामले सरकार खोज्नेहरुले जवाफ पाएको बताएका छन् । मंगलबार काठमाडौंमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम शुभारम्भ गर्दै यस्तो बताएका हुन् । सरकारले के गर्दैछ भन्ने अत्तोपत्तो नभएकाहरुले सरकारको खोजी गरेको ओलीले बताए । सरकार हरायो भन्दै खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले यस्तो जवाफ फर्काएका छन् । योजनाले करिब १० लाख श्रमिक लाभान्वित हुने सरकारको अनुमान गरेको छ । पेन्सन र अवकाश सुविधा तथा आश्रित परिवारका लागि पनि विभिन्न सुविधाको कार्यविधिमा व्यवस्था छ । आगामी तीन महिना अर्थात् फागुन ५ गतेभित्र रोजगारदाताहरूको नामावली सङ्कलनको गरिसकिने छ । सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने’ व्यवस्था छ । प्रधानमन्त्री ओलीको भनाई जस्ताको त्यस्तै ‘पत्रपत्रिकामा कसैले सोधेछ सरकार कहाँ हराएछ । कसैले भनेछन् सरकारले सिन्को पनि भाचेन, अनि कसैले भनेछन् सरकारले जुम्रा पनि मारेन । यो कुरा बुझ्नुस् सरकार सिन्को भाच्न र जुम्रा मार्न बसेको होइन । यो सरकार देश बनाउनका लागि हो । देशमा परिर्वतन ल्याउनका लागि हो त्यो काम सरकार गर्दैछ ।’ \"\" ‘आज म भन्न चाहन्छु सरकार खोज्नेहरुलाई, अझै देख्नु भएन भने तपाइँले चस्मा वा कुनै पावर एड गर्नु पर्दैन् नचाहेरै पनि तपाइँले सरकार देख्नुहुन्छ । तपाइँको बाध्यता हो त्यो । सरकार मजदुरलाई सोध्नुस कहाँ छ, दुःख पाएका गरिब जनतालाइ सोध्नुस कहाँ छ, हो त्यहाँ तपाइँले जवाफ पाउनुहुन्छ । सरकार कहाँ छ भनेर सोध्नेहरुलाई अरु कुरा भन्न चाहन्न । केहि दिनमा मेलम्ची आउँछ त्यसले जवाफ दिन्छ सरकार कहाँ छ भन्ने कुरा ।’ ‘अहिले काठमाडौंको बाटोमा धुलो उड्न कम भएको छ त्यहि हो सरकार खोज्नेहरुलाई जवाफ । जता फर्कियो उता सरकार देख्न थालेपछि सरकार देख्नुहुन्छ । जनताको काम गर्दैछ छ सरकार ।’ त्यस्तै अहिले सामाजिक सञ्जालमा सामाजिक सुरक्षा शुभारम्भ कार्यक्रमको विरोध गर्नेहरुलाई यो तामझाम देखाएको ओलीले बताए । सबैले जानकारी पाउन भनेर तामझाम गरेको बताए । यो देशमा कोहि रोगले नमर्ने र कोहि भोकले नमर्नेसमेत अोलीले बताएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ यस्तो छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending