Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सरकार खोज्नेहरुलाई ओलीले भने-यत्रो तामझाम हुँदा पनि देख्नु भएन ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको तामझामले सरकार खोज्नेहरुले जवाफ पाएको बताएका छन् । मंगलबार काठमाडौंमा सामाजिक सुरक्षा योजनाको कार्यक्रम शुभारम्भ गर्दै यस्तो बताएका हुन् । सरकारले के गर्दैछ भन्ने अत्तोपत्तो नभएकाहरुले सरकारको खोजी गरेको ओलीले बताए । सरकार हरायो भन्दै खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले यस्तो जवाफ फर्काएका छन् । योजनाले करिब १० लाख श्रमिक लाभान्वित हुने सरकारको अनुमान गरेको छ । पेन्सन र अवकाश सुविधा तथा आश्रित परिवारका लागि पनि विभिन्न सुविधाको कार्यविधिमा व्यवस्था छ । आगामी तीन महिना अर्थात् फागुन ५ गतेभित्र रोजगारदाताहरूको नामावली सङ्कलनको गरिसकिने छ । सामाजिक सुरक्षासम्बन्धी कार्यविधिमा रोजगारदाता कम्पनीले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरेर त्यसमा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्ने’ व्यवस्था छ । प्रधानमन्त्री ओलीको भनाई जस्ताको त्यस्तै ‘पत्रपत्रिकामा कसैले सोधेछ सरकार कहाँ हराएछ । कसैले भनेछन् सरकारले सिन्को पनि भाचेन, अनि कसैले भनेछन् सरकारले जुम्रा पनि मारेन । यो कुरा बुझ्नुस् सरकार सिन्को भाच्न र जुम्रा मार्न बसेको होइन । यो सरकार देश बनाउनका लागि हो । देशमा परिर्वतन ल्याउनका लागि हो त्यो काम सरकार गर्दैछ ।’ \"\" ‘आज म भन्न चाहन्छु सरकार खोज्नेहरुलाई, अझै देख्नु भएन भने तपाइँले चस्मा वा कुनै पावर एड गर्नु पर्दैन् नचाहेरै पनि तपाइँले सरकार देख्नुहुन्छ । तपाइँको बाध्यता हो त्यो । सरकार मजदुरलाई सोध्नुस कहाँ छ, दुःख पाएका गरिब जनतालाइ सोध्नुस कहाँ छ, हो त्यहाँ तपाइँले जवाफ पाउनुहुन्छ । सरकार कहाँ छ भनेर सोध्नेहरुलाई अरु कुरा भन्न चाहन्न । केहि दिनमा मेलम्ची आउँछ त्यसले जवाफ दिन्छ सरकार कहाँ छ भन्ने कुरा ।’ ‘अहिले काठमाडौंको बाटोमा धुलो उड्न कम भएको छ त्यहि हो सरकार खोज्नेहरुलाई जवाफ । जता फर्कियो उता सरकार देख्न थालेपछि सरकार देख्नुहुन्छ । जनताको काम गर्दैछ छ सरकार ।’ त्यस्तै अहिले सामाजिक सञ्जालमा सामाजिक सुरक्षा शुभारम्भ कार्यक्रमको विरोध गर्नेहरुलाई यो तामझाम देखाएको ओलीले बताए । सबैले जानकारी पाउन भनेर तामझाम गरेको बताए । यो देशमा कोहि रोगले नमर्ने र कोहि भोकले नमर्नेसमेत अोलीले बताएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पूर्णपाठ यस्तो छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: