Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

नक्कली कम्पनीबाट ४ अर्ब १६ करोड रुपैयाँ घोटाला गर्ने पोखराबाट पक्राउ

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा नक्कली कम्पनी मार्फत २ सय ६० करोड भारतीय रुपैयाँ (४ अर्ब १६ करोड रुपैयाँँ) घोटाला गर्ने एक ठग पोखरामा पक्राउ परेका छन् । भारतको अहमदाबाद केन्द्रित पोन्जी घोटालाका मास्टर माईन्ड विनय साह गत बिहीबार पोखराको एक होटलबाट पक्राउ परेका हुन् । प्रहरीको अपराध अनुसन्धान विभागले भारतको अपराध अनुसन्धान विभाग (सिआईडी) र विशेष अनुसन्धान दस्ता (एसआईटी) का अधिकारीको सहयोगमा विनयलाई लेकसाईडको एक होटलबाट विदेशी मुद्रासहित पक्राउ गरेको हो । भारतीय अधिकारीहरुले विनयलाई भारत लैजान उच्च तहमा पहल गरिरहेका छन् । नेपाल–भारतबीच सुपुर्दगी सन्धि नभए पनि अनौपचारिक रूपमा दुवै देशका सुरक्षा निकायले एक अर्कालार्इ अपराधी हस्तान्तरण गर्ने गरेका छन् । प्रहरीले विनयका साथमा रहेकी नेपाली महिला चन्दा थापा समेतलाई पक्राउ गरेको हो । थापा काठमाण्डु बसोबास गर्ने महिला हुन् । हाल दुवैजना राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । पोखरा प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतीय रुपैयाँ, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया बरामद गरेको छ । विदेशी मुद्राको अवैध कारोबारमा मुद्दा अगाडि बढेपछि दुबै आरोपीलाई विभागको जिम्मा लगाईएको हो । विनय र उनकी श्रीमती भार्गवीले एक वर्षमै लगानी दोब्बर हुने योजना अन्तर्गत सर्वसाधारण भारतीयबाट ४ अर्ब बढी रकम संकलन गरेका थिए । डिजी लोकल र एलएलपी नामका दुई कम्पनी खडा गरेर ठगी भएको थियो । सर्वसाधारण निक्षेप संकलनपछि विनय दम्पत्ती फरार भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: