Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

सभामुख महरासँग किमको भेट, अमेरिकि राजदुतसँग पनि भयो यस्तो छलफल

  काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तरकोरियाली राजदूत किम योङ हाकले बिदाई भेट गरेका छन् । आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उत्तरकोरिया फर्किन थाल्नुभएका राजदूत हाकले आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल बसाइको क्रममा भएका उपलब्धि, आफ्नो आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो । सो अवसरमा सभामुख महराले नेपालको चार वर्षे कार्यकाल सफल रुपमा बिताएकोमा राजदूत हाकको प्रशंसा गरेका थिए । कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्नुहुँदै सभामुख महराले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताए । सभामुख महराले नेपाल–कोरिया संसदीय मैत्री समूह छिट्टै गठन गर्ने बताउनुहुँदै मैत्री समूह गठनले दुई देशको सम्बन्ध बिस्तारका थप योगदान हुनुका साथै एक–अर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे । भेटका क्रममा राजदूत हाकले आफू नेपालमा ४ वर्ष ९ महिना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गरे । ‘मैले यहाँ ४ वर्ष ९ महिना बिताएँ, राजदूत हाकले सभामुख महरालाई उत्तरकोरिया आउन आग्रह गर्दै भन्नुभयो, ‘म सन्तुष्ट भएर फर्किदैछु, अर्को भेटमा तपाईंलाई म कोरियामा स्वागत गर्न पाउँछु भन्ने आशा लिएको छु ।’ उत्तरकोरियाले कोरिया–नेपाल संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी गराउनुहुँदै नेपालले पनि छिट्टै संसदीय मैत्री गठन गर्ने आशा व्यक्त गरे । राजदूत हाकले कोरियाले सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरे । भेटवार्तामा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो । सभामुख महरासँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लू बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत भएर नेपाल आइसकेपछि पहिलोपटक आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत बेरीले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो । \"\" भेटमा सभामुख महराले नेपालको बसाइँ सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गरे । सो क्रममा राजदूत बेरीले आफू नेपालमा पहिले पनि केही वर्ष बस्ने मौका पाएको र अहिले राजदूतकै रुपमा आउन पाउँदा निकै खुशी लागेको बताए । ‘मैले केही वर्ष पहिले नेपालमा बस्ने मौका पाएको थिएँ । अहिले फेरि राजदूतकै जिम्मेवारीमा यहाँ आउने मौका पाएँ’ राजदूत बेरीले भन्नुभयो, ‘यहाँ आइसकेपछि नेपालको संस्कृति, परम्परा, इतिहास अध्ययन गरिरहेको छु ।’ सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरे । संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री समूह गठनका लागि तयारी गरिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताए । सभामुखसँगको भेटमा नेपालस्थित अमेरिकी राजदूत बेरीले नेपालमा राजनीतिक स्थिरता कायम भएसँगै लगानीको वातावरण बन्दै गएकोमा अमेरिकी सरकार खुशी भएको बताए । नेपालको समग्र विकासका पूर्वाधारहरुका लागि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् लगानी गर्न लागिरहेको भन्दै राजदूत बेरीले सरकारसँग सम्झौता भइसकेको र संसदमा आउने प्रस्तावलाई अघि बढाउन सभामुखको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताए । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसनको सफलता वैदेशिक लगानीका लागि नेपालको सफलताको सूचकको रुपमा रहने भन्दै राजदूत बेरीले यसका लागि सबै पक्षको सकारात्मक पहलकदमीको अपेक्षा गरेकोमा जोड दिए । जवाफमा सभामुख महराले अमेरिकाले एमसीसीमार्फत् गरिरहेको लगानी सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । अहिले राजनीतिक स्थायित्व भएको अवस्थामा जतिसक्यो धेरै वैदेशिक लगानी भित्र्याएर देशको समग्र विकासमा धेरै लाभ लिन सकिने सभामुख महराले बताए । भेटवार्तामा संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending