Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि अश्रुग्यास प्रहार

मेक्सिको । स्यान डिएगोमा अमेरिका-मेक्सिकोबीच सबैभन्दा ठुलो सीमा चौकी नजिक आप्रवासी र सुरक्षाबलबीच झडप भएको छ । यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठुलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरु नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे । त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्यास बर्सायो । प्रवासीहरुमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो । ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पुर्‍याएर आउने आप्रवासीलाई मात्रै प्रवेश गर्न दिने बताएका थिए । मानव अधिकार संगठनले ९ नोभेम्बरमा ट्रम्पको यस निर्णयविरुद्ध अदालतमा रिट हालेका थिए । सान फ्रान्सिस्को जिल्ला अदालतले ट्रम्पको निर्णयलाई उल्ट्याइदिएको थियो । ट्रम्पको चेतावनी अदालती आदेशपछि ट्रम्पले यदि मेक्सिकोबाट आउने आप्रवासीको संख्या नियन्त्रण भन्दा बाहिर गएको अवस्थामा सीमालाई पुरै बन्द गरिदिएर आप्रवासीमाथि कारबाही थाल्ने बताएका थिए । ट्रम्पको भनाइको विरोध आप्रवासीमाथि क्षति पुर्‍याउने ट्रम्पको यो भनाइको मेक्सिकोमा विरोध सुरु भएको थियो । मेक्सिकोमा प्रदर्शनमा उत्रिएका करिब ५ सय आप्रवासीहरु सान डिएगोको सीमामा पुगेर अमेरिकामा छिर्ने कोशिश गरेका थिए । सीमामा आप्रवासी हिंसक मेक्सिकोको गृह मन्त्रालयले मानिसहरु हिंसकरुपमा अमेरिका छिर्न खोजेको स्वीकारेको छ । गृहमन्त्रालयले तिनीहरुको पहिचान गरेर डिपोर्ट गर्ने तयारी भइरहेको जनाएको छ । तिजुआनास्थित मेयरको कार्यालयले पनि केही मानिसको यस्तो गतिविधिकै कारण अमेरिकासँगको सम्बन्ध बिग्रन नदिने जनाएको छ । ३१ सय ४० मिटर लामो सीमा  अमेरिका र मेक्सिकोबीचको सीमा ३,१४० किलोमिटर लामो छ । १,१०० किलोमिटर क्षेत्रमा अहिले पनि बार लगाइएको छ। ट्रम्प यस सीमामा १२ देखि २० अर्ब डलर लगानीमा सिमेन्टको अग्लो पर्खाल लगाउन चाहन्छन् । यो पर्खालमार्फत् अवैध आप्रवासीलाई रोक्ने उनको योजना छ । अमेरिकामा अहिले पनि मेक्सिकोबाट छिरेका ६० लाख अवैध प्रवासी बसेका छन् । अमेरिकामा अवैधरूपमा पसेका आप्रवासीमा ९० प्रतिशत मेक्सिकन् नागरिक नै छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: