Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

युक्रेनले तीनवटा जहाज कब्जामा लियो

किभ। रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसेनिक जहाजहरु नियन्त्रणमा लिएको छ । रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध गरेको छ । युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ । रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको जनाएको छ । दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेटहुँदै आइतबार अगाडि बढेपछि यो सङ्कटको पटाक्षेप भएको थियो । कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ । अजोभ सागर दुवै देशको साझा हो । युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ । युक्रेनले कर्च स्ट्रेटको साँगुरो जलमार्गमा रुसले ट्याँकर तेस्र्याएर बाटो अवरुद्ध गरेको जनाएको छ । यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ । युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताए । यो बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कुटनीतिक स्रोतहरुले बताएका छन् । यहीबीच, युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेन्कोले मुलुकमा अरु ६० दिन सैनिक कानुन लगाउने वा नलगाउने भन्ने विषयमा छलफल गरी मतदान गर्न संसद समक्ष आग्रह गर्नुभएको छ । मन्त्रिपरिषदको सैनिक परिषदले सैनिक कानुनको आवश्यकता रहेको निर्णय गरिसकेको छ । राष्ट्रपति पोरोशेन्कोले रुसीहरुको आक्रमण भूलवश नभएको बताउँदै यो घटना नियतवश भएको, र युक्रेनलाई स्थायित्व खल्बल्याउने उद्देश्यबाट प्रेरित रहेको चर्चा गरे । युक्रेनले रुसी आक्रमणबाट छ जना सैनिक घाइते भएको, र तीमध्ये दुईजना गम्भीर रहेको बताएको छ । तर रुसको एफएसबीले तीनजना मात्र सामान्य घाइते भएको जनाएको छ । उनीहरुको उपचार गरिएको छ । किभमा रुसी राजदूतावास बाहिर उक्त आक्रमणको विरुद्धमा आइतबार राति प्रदर्शन गरिएको छ । कीभका पश्चिमी गठबन्धन राष्ट्रहरुले रुसको पछिल्लो आक्रमणप्रति आपत्ति जनाएका छन् । युरोपेली युनियनले एक वक्तव्य जारी गर्दै कर्च स्ट्रेटको बाटो पुनस्र्थापित गर्न रुससँग आग्रह गरेको छ । वक्तव्यमा परिस्थितिलाई अरु भड्किन नदिने दुवै पक्षबाट सम्यम अपनाउन भनिएको छ । नेटोले पनि परिस्थितिलाई जतिसक्दो चाँडो साम्य बनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय कानुन बमोजिम अजोभ सागरमा युक्रेनी बन्दरगाहसम्मको सहज पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ । रुसले क्राइमिया प्रायःद्वीपलाई सन् २०१४ मा रुसमा विलय गरेसँगै क्राइमियाको जलक्षेत्रमा आफ्नो प्रभूत्व रहेको दाबी गरिआएको छ । एएफपी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies