Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सचिवालयमा अोली-प्रचण्डलार्इ विष्णु र ईश्वरको मात्रै साथः नारायणकाजी र बादल कता ?

काठमाडाैं । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो । ओली र प्रचण्ड केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने नेपाल र खनालले पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा टुंग्याएर मात्र कार्यविभाजन गर्नुपर्ने मत राखेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ-‘उहाँहरू (अध्यक्षद्वय) अहिले पोलिटब्युरो कमिटी नबनाऔँ, पहिले कार्यविभाजन टुंग्याऔँ भन्ने पक्षमा देखिनुभएको छ । हामी पोलिटब्युरो कमिटी टुंग्याएपछि मात्रै कार्यविभाजन सजिलो हुन्छ भनिरहेका छौँ,’ नेपाल–खनाल पक्षधर एक शीर्ष नेताले भने, ‘पहिले अध्यक्षद्वयले कसरी जाने भन्ने सम्बन्धमा कार्यविभाजनको मापदण्डसहितको प्रस्ताव ल्याएपछि मात्र अघि बढ्ने कुरा प्रस्ट हुन्छ ।’ नेताहरूको मत बाझिए पनि पहिले कार्यविभाजनको ठोस प्रस्तावका लागि मापदण्ड बनेपछि बाँकी छलफल गर्ने सहमति जुटेको छ । आवश्यक गृहकार्यका लागि आइतबार सचिवालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबारदेखि थाती सबै एजेन्डा टुंग्याउने उद्देश्यले लगातार सचिवालय बैठक बसिरहेको छ । पोलिटब्युरो गठनसम्बन्धी एजेन्डा पनि छलफलमै रहेकाले कार्यविभाजनको मापदण्ड बनेपछि थप रणनीति बनाउने तयारीमा वरिष्ठ नेता नेपाल छन् । यसअघि पोलिटब्युरो कमिटी गठन टुंग्याएर कार्यविभाजनको प्रस्तावमा छलफल गर्ने सहमतिविपरीत अध्यक्ष ओली अघि बढ्न खोजेको भन्दै नेपाल केही सशंकित बनेको स्रोतले जनाएको छ । सचिवालय सदस्य को कता ? नौ सदस्यीय सचिवालयमा अध्यक्ष अोली र प्रचण्डको पक्षमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल उभिएका छन् भने नेपाल र खनालको मतमा प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादल र वामदेव गौतमले भने प्रस्ट धारणा राखेका छैनन् । ओली–प्रचण्डलाई गृहकार्यको जिम्मा सचिवालयमा केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डाले प्रवेश पाए पनि मापदण्डसहितको ठोस प्रस्ताव बनाउने गृहकार्यका लागि बैठकले अध्यक्ष ओली र प्रचण्डलाई जिम्मा दिएको छ । ‘आइतबार दिनभर अध्यक्ष कमरेडहरूले गृहकार्य गरेर सोमबारको बैठकले टुंग्याउने गरी ठोस प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको छ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘जनवर्गीय संगठनको एकता, पोलिटब्युरो गठनलगायत सबै एजेन्डा टुंग्याएर जाने दिशामै छलफल अघि बढिरहेको छ ।’ स्रोतका अनुसार सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज र जुनियरलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्ज बनाउने गरी छलफल चलिरहेको छ । पोलिटब्युरो सदस्य र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकिए बाँकीलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । सचिवालयले कार्यविभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले ४ सय ४१ जना केन्द्रीय सदस्यकै कार्यविभाजन गर्नेछ । केन्द्रीय कमिटीको एकतिहाइ १ सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending