Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बसपार्कको लाखौंको लगानी बालुवामा पानी हाले जस्तै

भोजपुर। निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखौंको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता नदिँइदा सम्याएको ठाउँ पनि पानीले छियाछिया बनाएको छ भने ठाउँठाउँमा लगाएको पर्खालसमेत भत्किएका छन् । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् । अहिले निर्माणस्थल झाडीमा परिणत भएको छ भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल बनेको छ तर स्थानीय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलमा रहेको बताउँछन् । वडा नं ७ का अध्यक्षले भने, “यो निर्माणमा करीब रु ४० लाख खर्च भइसकेको छ तर स्थानीय तह कार्यान्वनमा आएपछि स्थानीय सरकार वा कस्ले काम गर्ने भन्ने अन्योल छ ।” शुरुमा कोदार भौतिक पूर्वाधार समितिले निर्माणको जिम्मा लिएर रु २० लाख खर्च गरेको र अर्को पटक आरएनआर निर्माण सेवा प्रालिले पनि रु २० लाख लिएर काम गरेर छोडेको उहाँले जानकारी दिए । स्थानीय तहले तगत वर्ष केही रकम विनियोजन गरे पनि यस वर्ष भने रकम रकम विनियोजन नगरेको वडाध्यक्ष तामाङले बताए । करीब पाँच रोपनी जमीनमा निर्माण थालिएको बसपार्कमा शुरुमा सुरक्षा नभएको तथा अपायक परेको भन्दै व्यवसायीले बस लगेका थिएनन् । त्यसपछि लामो समयसम्म निर्माण कार्यमा चासो नदिइँदा समस्या भएको हो । बसपार्क विविध कारणले अन्यत्र सार्नुपर्ने बाध्यता रहेको भनाइ बस व्यवसायीको थियो । यातयात इञ्चार्ज महेश राईले भने, “हामीले शुरुमा सुरक्षाका कारण बस नलगेका हौँ तर अहिले जीर्ण बसपार्कलाई स्तरोन्नति गरेर सुरक्षाको प्रत्याभूति दिए हामी बस लैजान तयार छौँ ।” बसपार्क निर्माणमा ढिलाइ हुँदा यातयात व्यवस्थापनमा समस्या हुने गरेको व्यवसायीको गुनासो थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending