Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै

वीरगञ्ज। पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् । यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला शौच गर्न खेतमा गएका बेला गाउँकै चार युवाले सामूहिक बलात्कार गरेका थिए । यी दुई घटना एउटा उदाहरण मात्र हुन् । प्रदेश नं २ मा केही महीनायता बलात्कारको घटना एकपछि अर्को घटन थालेपछि यसले समाजलाई मात्र होइन सुरक्षाको प्रत्याभूति दिने सुरक्षा अधिकारीलाई समेत चुनौती थपिन गएको छ । प्रदेश नं २ मा बढ्दै गएको बलात्कारको घटनालाई चुनौतीको रुपमा लिएर यसलाई रोक्न सुरक्षाकर्मीलाई सम्बेदन भएर लाग्न निर्देशन दिएको प्रदेश नं २ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले राससलाई भने, “बढ्दो बलात्कारको घटना हाम्रो लागि ठूलो चुनौती भएकाले यसलाई नियन्त्रण गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी खटाइएको छ ।’’ इन्सेकको तथ्याङ्कअनुसार धनुषामा नौ महीनामा सातजना बालिका र दुईजना महिला बलात्कारको शिकार भएका छन् । यस अवधिमा १० जना महिलामाथि यौन दुव्र्यवहार गरिएको हो । गत वर्षको सोही अवधिमा पाँच बालिका र एक महिला बलात्कारको शिकार भएका थिए । त्यस्तै महोत्तरीमा नौ महीनामा छ जना बालिका र दुई महिला बलात्कारको शिकार भएका छिन् भने तीनजना महिलामाथि यौन दुरव्यवहार गरिएको हो । गत वर्ष चार बालिका र छ महिला बलात्कृत भएको तथ्याङ्कमा उल्लेख छ । यसैगरी सप्तरीमा नौ महीनामा २५ बालिका र नौ महिला बलात्कृत भएका छन् भने १८ महिलामाथि यौन दुव्र्यहार गरिएको थियो । गत वर्षको सोही अवधिमा ११ जना बालिका र १० जना महिला बलात्कारको शिकार भएका थिए । सर्लाहीमा नौ महीनामा तीन बालिका र तीन महिला बलात्कृत भएका छन् भने गत वर्ष आठ बालिका र तीन महिला बलात्कारका शिकार भएको प्रहरीले जनाएको छ । सिरहामा नौ महीनामा १६ जना बालिका र आठजना महिला बलात्कृत भएका छन् भने ३२ जना महिलामाथि यौन दुव्र्यवहार भएको छ । गत वर्ष २२ बालिका र तीन महिला बलात्कृत भएका थिए । त्यसैगरी बारामा चार बालिका र दुई महिला बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको थियो । गत वर्षमा पाँचजना बालिका बलात्कृत भएका थिए भने एक महिलामाथि बलात्कारको प्रयास भएको थियो । पर्सामा नौ महीनामा दुई महिलासहित सात बालिका बलात्कृत भएका छन् भने दुई जनामाथि यौन दुव्र्यवहार भएको प्रहरीले जनाएको छ । प्रदेश नं २ को सरकारले एकातर्फ ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अगाडि ल्याएको छ भने अर्कोतिर बालिका बलात्कारको घटना बढ्दै गएकामा अधिकारकर्मीले चिन्ता व्यतm गरेका छन् । समाज चेतनशील नभएकाले यस्ता घटना हुने गरेको उनीहरुको भनाइ छ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका सहप्राध्यापक श्यामसुन्दर शशीले कडा कानून हुँदाहुँदै कार्यान्वयन पक्ष फितलो भएकाले समाजमा यो घटना बढ्दै गएको बताएका छन् । पर्साका अधिवक्ता रामनारायण कुर्मीले अशिक्षा, गरीबी, जनचेतना तथा कानूनी पहुँचका कारण महिला बलात्कारको शिकार हुँदै आएको बताउछन् । उनले, ‘पीडितभन्दा पीडक बलियो भएकाले न्यायमा पीडितको पहुँच नहुँदा समाजमै यस्ता घटना मिलाउने गरेकाले पनि अपराधीलाई मनोवल बढ्न गएको बताए । बलात्कृत महिला प्रहरी समक्ष जाँदा सजिलैसँग आफ्ना कुरा राख्न असमर्थ हुनु, मुद्दा दायर गर्न नसक्नु लगायतको कारणबाट पीडित महिला प्रशासन नजिक जान चाहँदैनन् । स्थानीय निकायमा गठन भएको न्यायिक समिति समेत उदासिन रहेकाले यस्ता घटनाले प्रश्रय पाउँदै गएको छ । प्रदेश नं। २ मा बढ्दै गएको मादकपदार्थ सेवन, घरमा शौचालय भएपनि खुल्ला चौरमा शौच गर्न जाने प्रचलन रहनु, एक्लै घाँसपात गर्न जाने तथा विद्यालय तथा मेला हेर्न जानु, जनचेतनाको अभाव, फितलो कानुन कार्यान्वयन, प्रहरी प्रशासनले पीडितप्रति सहनुभूति नराख्नुजस्ता कारणले बलात्कारको घटना बढ्दै गएको सामाजिक अभियन्ताहरुको भनाइ छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending