Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

भूकम्पले पानीको मुहान सुकेपछि बसाइँ सरे दहचोकवासी

काठमाडौँ। भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए । इन्द्रजात्राका समयमा भव्य मेला लाग्ने पुरातात्विक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण इन्द्रदहमा तीन वर्षदेखि ट्याङ्करको पानी हालेर मेला सञ्चालन गर्ने गरिएको छ । गाउँमा पानीको मुहान सुकेपछि नगरपालिका–१ बाट वडा नं –३ मा घर बनाएको शर्माले बताए । भूकम्पले भत्किएको घर बनाउन लाभग्राही सूचीमा सूचीकृत उनले दुई किस्ता पाए पनि तेस्रो किस्ता रोकिएको गुनासो गरे । पानीको समस्याका कारण अर्को स्थानमा घर बनाउँदा दोस्रो किस्ता पाए पनि इञ्जिनीयरले तेस्रो किस्ता रोकेको यहाँका लाभग्राहीको भनाइ छ । नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले पानीको मुहान सुकेकाले २०० घर तल सरेको बताउछन् । इन्द्रदहमा पानी सुकेपछि हाल पोखरी रित्तिएको छ । इन्द्रजात्रामा ट्याङ्करले थोरै पानी हाले पनि अप्ठ्यारो सडक र भौगोलिक अवस्थाका कारण निरन्तर हाल्न नसकिएको उनले बताए । विसं २०७२ वैशाख १२ गतेपछि सुकेको पानी गत साउन अन्तिम साता थोरै पलाए पनि पर्याप्त नभएको वडा कार्यालयले जनाएको छ । खानेपानीकै अभाव भएपछि स्थानीय अन्यत्र बसाइँ सर्न बाध्य भएका हुन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending