Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जाँदाजाँदै उर्जामन्त्री-चिनिया राजदूत भेटमा के-के भयो कुराकानी ?

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पांच वर्षको लागी स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको धारणा राखेका हुन् । नेपाली लागी चिनियां राजदूतको कार्यकाल सकेर चीन फर्कने तयारीमा रहेकी चिनियां राजदूतले मन्त्री पुनसँग विदाई भेट गरेका हुन् । भेटवार्ताका क्रममा उर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको धारणा राखिन् । उहाले आगामी दिनमा समेत दुई मुलुकको सम्बन्ध अझै प्रगाढ वन्ने विश्वास व्यक्त गरे । मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियां लगानी नेपालको आर्थीक विकासका लागी निकै फलदायी हुने बताए । उनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी कोअपरेशनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रती नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । ‘नेपालको आर्थीक विकासमा चीन सरकार र यहाले गरेको प्रत्यन र पहलप्रती हामी आभारी छौ, आगामी दिनमा पनि दुई देशको सम्बन्ध र सहकार्य अझ नयां उचाईमा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ उर्जामन्त्री पुनले राजदूतसंगको भेटमा भने । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ४०० केभी क्षमताको गल्छी–केरुङ अन्र्तदेशिय प्रशारण लाइन नेपालको उच्च प्राथमिकतामा रहेको धारणा राखे । भेटमा उक्त परियोजनालाई अघि बढाउनेबारे छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागी ऐतिहासीक समझदारी भएको धारणा राखे । उनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो वैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै वेइजिङमा छिट्टै दोस्रो बैठक वस्ने खवर आफुले पाएको बताए । भेटमा चिनियां राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागी सवैभन्दा महत्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघी बढाउन खेलेको भुमिकाको उनले प्रशंसा समेत गरेकि थिइन् । राजदूत होंङले उर्जा संयन्त्रको अर्को बैठक वेइजिङमा छिट्टै वस्ने र त्यसमा दुई देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनिभुत छलफल हुने जानकारी समेत दिए । उनले नेपालमा पछिल्लो तीन वर्षमा चिनियां लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा एक नम्बरमा रहेको जानकारी समेत दिए । ‘पछिल्लो समय चिनियां लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षीत भएका छन् । आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहनेछ’ राजदूत होङले भेटमा भने । नेपाल स्थिरता र विकासको वाटोमा अघि बढेकोमा राजदूत होङले विदाई भेटमा खुसी व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending