Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

जाँदाजाँदै उर्जामन्त्री-चिनिया राजदूत भेटमा के-के भयो कुराकानी ?

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पांच वर्षको लागी स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि भएको धारणा राखेका हुन् । नेपाली लागी चिनियां राजदूतको कार्यकाल सकेर चीन फर्कने तयारीमा रहेकी चिनियां राजदूतले मन्त्री पुनसँग विदाई भेट गरेका हुन् । भेटवार्ताका क्रममा उर्जामन्त्री पुनले राजदूत होङको कार्यकालमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध निकै सुदृढ भएको धारणा राखिन् । उहाले आगामी दिनमा समेत दुई मुलुकको सम्बन्ध अझै प्रगाढ वन्ने विश्वास व्यक्त गरे । मन्त्री पुनले विगत केही वर्षयता नेपालको जलविद्युत क्षेत्रका साथै अन्य क्षेत्रमा बढेको चिनियां लगानी नेपालको आर्थीक विकासका लागी निकै फलदायी हुने बताए । उनले राजदूत होङको कार्यकालमा उच्चस्तरीय भ्रमण आदान–प्रदान भएको, उर्जा क्षेत्रमा इनर्जी कोअपरेशनमा हस्ताक्षर हुनुका साथै चीनबाट लगानी भित्र्याउन गरेको प्रयत्नप्रती नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । ‘नेपालको आर्थीक विकासमा चीन सरकार र यहाले गरेको प्रत्यन र पहलप्रती हामी आभारी छौ, आगामी दिनमा पनि दुई देशको सम्बन्ध र सहकार्य अझ नयां उचाईमा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौ ।’ उर्जामन्त्री पुनले राजदूतसंगको भेटमा भने । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका उर्जामन्त्री पुनले ४०० केभी क्षमताको गल्छी–केरुङ अन्र्तदेशिय प्रशारण लाइन नेपालको उच्च प्राथमिकतामा रहेको धारणा राखे । भेटमा उक्त परियोजनालाई अघि बढाउनेबारे छलफल भएको उर्जामन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । मन्त्री पुनले नेपाल र चीनबीच केही समयअघि मात्र हस्ताक्षर भएको ट्रेड एण्ड ट्रान्जिट प्रोटोकल नेपालको स्वाधीनताको लागी ऐतिहासीक समझदारी भएको धारणा राखे । उनले यसअघि नै नेपाल–चीनबीच उर्जा संयन्त्रको पहिलो वैठक सफलतापूर्वक सम्पन्न भएको भन्दै वेइजिङमा छिट्टै दोस्रो बैठक वस्ने खवर आफुले पाएको बताए । भेटमा चिनियां राजदूत होङले उर्जा क्षेत्र दुवै मुलुकको लागी सवैभन्दा महत्वपूर्ण क्षेत्र भएको भन्दै उर्जामन्त्रीको रुपमा यो क्षेत्रलाई अघी बढाउन खेलेको भुमिकाको उनले प्रशंसा समेत गरेकि थिइन् । राजदूत होंङले उर्जा संयन्त्रको अर्को बैठक वेइजिङमा छिट्टै वस्ने र त्यसमा दुई देशको बीचमा उर्जा क्षेत्रमा गर्न सकिने थप सहकार्यबारे घनिभुत छलफल हुने जानकारी समेत दिए । उनले नेपालमा पछिल्लो तीन वर्षमा चिनियां लगानी ६ सय ८० प्रतिशतले वृद्धि भएको भन्दै चीन प्रत्यक्ष लगानीतर्फ नेपालमा एक नम्बरमा रहेको जानकारी समेत दिए । ‘पछिल्लो समय चिनियां लगानीकर्ताहरु नेपालमा लगानी गर्न आकर्षीत भएका छन् । आगामी दिनमा समेत यो प्रक्रिया निरन्तर जारी रहनेछ’ राजदूत होङले भेटमा भने । नेपाल स्थिरता र विकासको वाटोमा अघि बढेकोमा राजदूत होङले विदाई भेटमा खुसी व्यक्त गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: