काठमाडौं । जनताका गुनासा सम्बोधन गर्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ले सात वर्षमा ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको छ । विसं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले शुरु गर्नुभएको हेलो सरकारले अहिलेसम्म ७५.२६ प्रतिशत गुनासा सम्बोधन गरेको हो । शुरुमा फोनबाट जनताका गुनासा टिप्दै सम्बन्धित निकायमार्फत् सम्बोधन गर्दै आएको हेलो सरकार अहिले पनि फोन, सामाजिक सञ्जालबाट गुनासो टिप्दै आएको छ । दैनिक अहिले ६० गुनासा आउने गर्दछन् । सात वर्षमा सर्वसाधारणबाट आएका ८४ हजार ३८० मध्ये ६३ हजार ५०७ गुनासो सम्बोधन गरिएको हेलो सरकारका शाखा अधिकृत रुपकराज अर्यालले जानकारी दिए । तीमध्ये अहिले पनि २० हजार ८७३ गुनासा भने सम्बोधन गर्न बाँकी रहेका छन् । अहिलेसम्म हेलो सरकारमा आएकामध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नेपाल दूरसञ्चार कम्पनी, पशुपक्षी विकास मन्त्रालयल, निर्वाचन आयोग, गृहमन्त्रालय जनताका गुनासा सम्बोधन गर्नेमा अगाडि रहेका शाखा अधिकृत अर्यालले जानकारी दिनुभयो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनसङ्ख्या तथा वातावरण मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयले अलि कम जनताका गुनासा सम्बोधन गर्ने गरेका देखिएको छ ।
हेलो सरकारका प्रमुख उपाध्यायका अनुसार सबभन्दा बढी गृहमन्त्रालयको १४ हजार ८५० गुनासा आएका छन् । तीमध्ये १२ हजार १३ सम्बोधन गरिएका छन् । सबभन्दा कम प्रधानमन्त्रीलाई ८० वटा मात्र आएकोमा ४१ को फछ्र्योट गरिएको छ । बिहान ७ देखि दिउँसो २ र दिउँसो २ देखि साँझ ९ बजेसम्म हेलो सरकारबाट सर्वसाधारणका गुनासा टिप्ने गरिएको छ । टिपिएका गुनासा हेलो सरकारबाट तुरुन्तै सम्बोधन भए त्यहीबाट र नभए सम्बन्धित निकायमा सम्बोधन गर्न पत्राचार गरिन्छ । यस्तै जिल्लागत गुनासालाई त्यही सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई पठाइन्छ । यो निकायलाई ‘कल सेन्टर’को रुपमा विकास गर्न भनिएता पनि अहिले सम्म त्यसले पुर्णता पाउन सकेको छैन । कल सेन्टरका लागि ल्याइएको सफ्टवेयर पूर्णरुपमा सञ्चालन नहुँदा ‘गुनासो पोर्टस’ सञ्चालन ल्याउन नसकिएको हेलो सरकारका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिए । “हामीले अहिले पनि फोन र सामाजिक सञ्जालबाट आएका गुनासोलाई हातले टिपेर सम्बोधन गर्न सम्बन्धित निकायमा पठाउने गरेका छाैं\' उनले भने “कल सेन्टरलाई ल्याइएको सफ्टवेयर सञ्चालनमा कठिनाइ हँुदा हेलो सरकारले छिटो छरितो गुनासो सम्बोधन गर्न सकेको छैन ।” करीब ७० लाखमा छ महीना अघि उक्त सफ्टवेयर ल्याइएको हो । सम्बन्धित निकायका प्रमुखको नम्बर ‘गुनासो पोर्टल’मा राखी तत्काल सर्वसाधारणको गुनासा ती निकायको प्रमुखमा जाने छ र उहाँहरुले तुरुन्तै गुनासा सम्बोधन गर्ने गरि सफ्टवेयरको विकास गरिएको हो ।
जनशक्तिको अभाव हेलो सरकारमा जनशक्तिको समेत अभाव रहेको छ । जनशक्ति अभावले टेलिफोनसहित फेसबुक, भाइबर, मोबाइल एप, मेलमा आएका गुनासोलाई सम्बन्धित ठाउँमा पु¥याउन नसकिएको प्रमुख उपाध्यायले जानकारी दिनुभयो । अहिले एक जना उपसचिव, चार जना शाखा अधिकृत र आठ प्राविधिक कर्मचारी छन् ।
प्रदेशस्तरीय हेलो सरकार यसैगरी चारवटा प्रदेश सरकारले पनि प्रदेशस्तरीय हेलो सरकार सञ्चालन गरेका छन् । प्रदेश नं २, गण्डकी, कर्णाली र प्रदेश नं ७ ले प्रदेशस्तरमा आफ्ना सरकार मातहतका गुनासा सम्बोधन गर्नका लागि ‘हेलो सरकार’ सञ्चालन गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...


प्रतिकृया लेख्नुहोस्: