Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

जब बुवाले एक महिलालाई पठाएको मेसेज देखें, मैले बुझें अब आमालाई धोका भो

आफ्ना आमा–बुवामध्ये कोही एक अरु व्यक्तिसँगको सम्बन्धमा हुनुहुन्छ भन्ने थाहा पाउँदा एउटा सन्तानलाई कस्तो लाग्छ ? रेडियो वान न्यूजबीटले २५ वर्षे ती युवकसँग कुरा गरेका छन् । जसले आफ्नी आमालाई धोका दिइरहेका बुवासँग थुप्रै वर्ष बिताए । त्यतिबेला उनी रिस, उदासी र एक्लोपनको भावनाबाट पनि गुज्रिए । उनले आफ्नो पहिचान उजागर नगरी आफ्नो कहानी सुनाएका छन् । यसो गरेर उनी ती व्यक्तिहरुलाई सहयोग गर्न चाहन्छन् जो यस्तै परिस्थितीबाट गुज्रिरहेका छन् । म १९ वर्षको थिएँ र कुनै चाड मनाएर घर फर्किएको थिएँ । म बाथरुममा गएँ र मैले नुहाउने ठाउँ नजिकै एउटा फोन देखें । मलाई थाहा थियो त्यो मेरो बुवाको फोन हो । किनभने यस्तै फोन मैले उनको कारमा पनि केही वर्षअघि देखेको थिएँ जब म किशोरावस्थामा प्रवेश गरिरहेको थिएँ । तर त्यतिबेला म यस्तो सोच्नका लागि निकै सानो थिएँ । तर अब मलाई थोरै शंका लाग्यो । मैले फोन उठाएँ, त्यसमा कुनै पासकोड थिएन । त्यहाँ मैले बुवाले एक महिलालाई पठाएको मेसेज देखें । मैले तीमध्ये कुनै मेसेज पढें, कुनै पढिनँ किनभने म निकै रिसमा थिएँ । सबैकुरा मेरो आँखा अगाडि स्पष्ट हुन सुरु भएको थियो । ‘आउ, कुरा गरौं’ तर मलाई कसैसँग सम्बन्ध हुनुको यो नै पर्याप्त प्रमाण होइन जस्तो पनि लाग्यो । किनभने कुनै पनि मेसेजबाट यसबारे प्रस्ट भइरहेको थिएन । म नुहाए, थोरै शान्त भएँ र त्यसपछि आफ्नो कोठामा गएँ । बुवा माथि आइरहेको सिँढीको आवाज सुनेर थाहा पाएँ, मैले उनलाई कोठामा बोलाएँ र फोन देखाएँ । उनको पहिलो प्रतिक्रिया थियो, ‘मलाई थाहा छैन तिमीले के बारे कुरा गरिरहेका छौ ।’ फोन लिएर उनी तल गए । त्यसपछि उनी कुकुरसँगै माथि आएर भने, ‘ठिक छ, त्यसो भए कुरा गर्न जाऔं ।’ डुल्दै गर्दा म थोरै डराएको थिएँ । उनको अगाडि उभिनु त्यौ नै मेरो लागि सबैभन्दा मुश्किल समय थियो । उनले ती महिलालाई अफिसको एक साथी बताए । उनका अनुसार अफिसमा मुश्किल समयबाट गुज्रिनका लागि उनले सहयोग गरिरहेकी छिन् । उनले भने, ‘मेरा धेरै साथी छैनन् र मलाई लाग्दैन कि एक महिला भएको नाताले तिम्री आमाले यो कुरा बुझ्नेछिन् ।’ त्यतिबेला मेरो दिमागले यो सोच्ने कोसिस गरिरहेको थियो कि आखिर के भइरहेको छ । उनले जे भन्नुभयो त्यो मैले मान्नुपर्यो । जे भयो त्यसमा सही व्यवहार देखाएकोमा उनले मलाई धन्यवाद दिए । ‘आमोस एक नक्कली नाम थियो’ दुई वर्ष निकै चाँडै बित्यो र मेरो दिमागबाट अझै त्यो कुरा निस्कन सकिरहेको थिएन । मेरो बुवाले नयाँ फ्ल्याटमा शिफ्ट हुन मेरो मद्दत गरिरहेका थिए । उनले एक नयाँ आइफोन पाएका थिए, उनले मेरो एउटा फोटो खिचेर कसैलाई पठाए । त्यसपछि मैले आफ्नी आमालाई मेसेज गरेर बुवाले फोटो पठाएको हो भनेर सोधें । उनले भनिन्, ‘के ? मलाई त बुवाले कुनै मेसेज पठाउनुभएको छैन ।’ मेरो दिमागमा त्यसपछि केही चल्न थाल्यो । म उनको पछाडि गएँ । उनी कुनै आमोस नामलाई मेसेज गरिरहेका थिए । मलाई थाहा थियो यो एक नक्कली नाम थियो किनभने मलाई थाहा थियो कि उनको अमोस नामका साँच्चै कोही साथी छैनन् । बुवा त्यो राती मसँगै बस्दै थिए र मैले त्यस रात उनको फोन जसरी पनि हेर्नु थियो । त्यसकारण आधा रातमा म उनको कोठामा गएर फोन लिएँ र तल लैजाने तरखरमा थिएँ । मेरो बुवा कोठा बाहिर आएर भने, ‘के मैले फोन फिर्ता पाउन सक्छु ?’ उनले मलाई समात्नुभएको थियो । अलार्म लगाउनका लागि फोन चाहिएको थियो भन्दै मैले बहाना बनाएँ । भोलिपल्ट बिहान हामीले नास्ता खायौं र त्यसपछि उनी गए । उनले केही पनि भनेनन् । यो साँच्चै निकै अचम्मको थियो । \"\" बुवाको जन्मदिन अर्को ६ महिना पनि बित्यो । मेरो दिमागबाट त्यो सबै कुरा हटिसकेको थियो । आज मेरो बुवाको जन्मदिन थियो । म बुवा र आमासँग रेष्टुरेन्ट गइरहेको थिएँ । हामी मेरी सानी बहिनीलाई भेट्दै थियौं । तर आमा आउन ढिला हुनुभयो र बुवा रिसले आगो भए । उनी मोडिए र घर फिर्ता जानका लागि चिच्याउन थाले । मलाई साँच्चै रिस उठ्न थाल्यो र उनको पछाडि गएँ, चिच्याएँ र उनलाई ‘कातर’ भनेँ । अचानक मेरो मुखबाट निस्कियो, ‘आमोस को हो ?’ उनी पछाडि फर्किए । उनको अनुहार सेतो भएको थियो । उनले त्यो प्रश्नलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका थिए । भने, ‘यसबारे कुरा गर्न बन्द गर ।’ हामी घर फिर्ता भयौं र भित्र जानका लागि हामीसँग साँचो थिएन । म अर्कै महसुस गरिरहेको थिएँ । मेरो आँखा आँसुले भरिएका थिए । मैले उनलाई अँगालो हालें । मलाई थाहा थिएन, मैले के गर्नुपर्छ । उनलाई थाहा थियो मभित्र केही चलिरहेको छ तरपछि हामी त्यो विषयमा कुरा गर्न सकिरहेका थिएनौं । मेरी आमा र बहिनीलाई लाग्यो कि हाम्रो बहस भएको थियो । मलाई लाग्यो कि म आफ्नो बहिनीलाई यसबारे बताउन सक्दिनँ किनभने उनी त्यतिबेला विद्यालयमा पढिरहेकी थिइन् । मैले यो सबैकुरा आफूसँगै राख्नुपर्यो । एलिसन कूपर, रिलेशनशिप काउन्सलर सर्भिस एक्लोपन महसुस गर्नु र एक बोझमा बाँच्नु निकै भयानक हुन्छ । यदि तपाईं पनि यस्तै स्थितीको सामना गरिरहनुभएको छ भने कुनै रिलेशनशिप काउन्सलरलाई भेट्न सक्नुहुन्छ । यदि कसैलाई डर लागिरहेको छ वा कोही चिन्तित हुनुहुन्छ भने डाक्टरलाई भेट्नुपर्छ । यदि तपाईं स्कूल, कलेज वा युनिभर्सिटीमा हुनुहुन्छ र तपाईंको शिक्षक विश्वास गर्न लायक हुनुहुन्छ भने त्यतिबेला उनीहरुले बुझ्न सक्छन् सक तपाईंको व्यवहार र पढाईमा परिवर्तन आइरहेको छ । तपाईं परिवारका कुनै अन्य सदस्य वा काका काकीलाई पनि भन्नु सक्नुहुन्छ र आमाबुवासँग छलफल गर्न सक्नुहुन्छ । अन्त्यमा मलाई लाग्यो कि तपाईं कुनै यस्ता व्यक्तिसँग कुरा गर्न सक्नुहुन्छ जसले तपाईंलाई मुश्किल समयबाट निस्कन मद्दत गर्नेछ र यो पनि स्विकार्न मद्दत गर्नेछ कि सबै तपाईंको कारणले भएको थिएन । ‘र त्यसपछि मेरी बहिनीलाई थाहा भयो’ लगभग दुई वर्षपछि मलाई बहिनीको मेसेज आयो, ‘के म फोन गर्न सक्छु ?’ उनी निकै रोइरहेकी थिइन् । उनले भनिन्, ‘हे भगवान, बुवाले आमालाई धोका दिइरहेका छन् ।’ मजस्तै उसले पनि बुवाको फोनमा ‘आमोस’ को मेसेज देखेकी थिइन् । त्यतिबेला त्यो कुरा सुनेर मलाई राम्रो लाथ्यो । मैले निर्णय गरें कि म उनीसँग फोनमा कुरा गर्नेछु । मैले भने, ‘म र बहिनी दुबैलाई थाहा छ । तपाईंले यसबारे आमासँग कुरा गर्नुपर्छ । नभए मेरा लागि तपाईंसँग कुनै पनि प्रकारको सम्बन्ध राख्न मुश्किल हुनेछ । उनी पूर्ण रुपमा शान्त थिए । फोनको अन्त्यमा उनले भने, ‘यति भनेकोमा धन्यवाद ।’ एक चिट्ठी \"\" उनले मेरी आमासँग सिधा कुरा गरेनन् । यहाँसम्म कि उनले मेरी बहिनीसँग पनि कुरा गरेनन् । त्यतिबेला बहिनी त्यही घरमाबस्थिन्। तीन महिनापछि पनि उनले बताएनन् । म आफ्नो बुवालाई मार्न चाहन्थें, म त्यो स्थितीमा पुगिसकेको थिएँ । एकपटक हामी ट्रेन स्टेशनका लागि गइरहेका थियौं र मैले उनलाई कारमा नै छोडेर गएँ । त्यो रात उनले मलाई मेसेज पठाए, ‘म आज राती जाँदैछु । मैले भित्तामा भएको घडीमा एउटा चिट्ठी छोडेको छु । मैले तिम्री बहिनीलाई उक्त चिट्ठी शुक्रबार बाहिर निकाल्न भनेको छु ।’ जब म घर पुगें, आमाले चिट्ठी खोलिसक्नुभएको थियो । विवाहको २५ वर्षपछि यस्तो कुरा थाहा पाउनु कम भयानक थिएन । नतिजा मलाई साँच्चै नै कुनै पछुतो छैन कि यो कुरा कसरी सार्वजनिक भयो । मलाई लाग्छ कि यो थोरै अचम्म छ तर मैले जति गर्न सक्थें त्यो मैले गरें । म यो कुरा आमालाई भन्न सक्दिनथें । उहाँ त्यतिबेला मसँग रिसाउनुभएको थिएन । मैले यो सबै झेल्नुपरेकोमा उहाँ उल्टै लज्जित हुनुभयो । मेरो धारणा यस्तो परिस्थितीसँग गुज्रिएका मानिसहरुका लागि मेरो दुईवटा सल्लाह छ । पहिलो, कुनै पनि कुरा हतारमा नगर्नुहोस् । यस्तो समयमा दुईपटक नुहाउँदा मलाई निकै शान्ती महसुस भयो । दोस्रो, कसैसँग नीजि रुपमा कुरा गर्दा साँच्चै नै मद्दत मिल्छ । म र मेरी बहिनी अहिले पनि एक–अर्कासँग झगडा गरिराख्छौं तर यसले हामो सम्बन्ध अहिले पनि बलियो हुन्छ । मैले यो सबै आफ्नी प्रेमिकालाई पनि बताएँ । उनी पनि यस्तै स्थितीबाट गुज्रिएकी थिइन् जब उनका पिताले उनकी आमालाई धोका दिएका थिए । तर आमालाई यसबारे थाहा पाएपछि बुवाको व्यवहार निकै परिवर्तन भयो । उनले आमालाई घरखर्च दिन बन्द गरेका थिए जसका कारण आमाको जीवन कष्टकर भयो । उनले एक निकै घटिया कुरा पनि गरे । क्रिसमसमा मेरी बहिनीलाई आमा र बुवाको तर्फबाट कम्प्युटर उपहार दिइएको थियो जसलाई उनले फिर्ता मागिरहेका थिए । मैले उनलाई फोन गरेर यसमा मेरी बहिनीलाई नल्याउन आग्रह गरें । अर्को दिन हामी दुईले नयाँ मेसेज पायौं, ‘हामी सम्पर्कमा नरहँदा नै राम्रो होला ।’ आमा र बुवाको सम्बन्धविच्छेद हुँदैछ । र मलाई लाग्छ कि उनी कोही अर्की महिलासँगको सम्बन्धमा हुनुहुन्छ । कुन सम्बन्धलाई बलियो राख्ने भन्ने कुरामा म अहिले काम गरिरहेको छु । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending