Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

सरकार पाँच बर्षका लागि हो, हामी छिट्टै परिणाम दिन्छौः उर्जामन्त्री पुन

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धी भएको बताएका छन् । स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दोहोर्याए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सवैको सहयोगको आवश्यकता रहेको बताए । ‘सम्माननिय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन, हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ,छिट्टै देखिने गरी अरु काम हुन्छ’ कार्यक्रममा बोल्दै मन्त्री पुनले भने । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दावी गरे । विगतमा सरकार अस्थिर हुंदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धीका लागी जाने बताए । उनले वर्तमान सरकार पांच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा समेत उहाले राखे । ‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न,तर हामी सवैले विगतजस्तो अस्थिर सरकार हो काम नगरे पनि हुन्छ भन्ने नसोचौ, यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागी आ–आफ्नो ठाउंबाट योगदान दिनैपर्छ’ मन्त्री पुनले भने । उनले धेरैले अरुलाई आरोपित मात्र गर्ने तर,आफुलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको बताए । मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग वसाल्न नसकेको प्रशंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे । कार्यक्रममा उनले उर्जा मन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफुले परिणाम दिने गरी काम गरिरहेको दावी गरे । मन्त्री पुनले ८ मेगावाट दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको भन्दै त्यसबाट उत्पादन हुने विजुली भारत र वङगलादेशलाई बेच्ने जानकारी समेत दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending