Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

रुपन्देही ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् । विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका देशका भिक्षु, भिक्षुणी तथा लामा सहभागी भएका हुन् । पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति रहेको छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने, सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुने फाउण्डेशनका सदस्य निमा लामाले जानकारी दिए । हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम ९विश्व शान्ति० पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ । तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्व शान्ति पूजा यसपाली फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको सदस्य लामाले जानकारी दिए । पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुनेछ । सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ । मायादेवी मन्दिरको पछाडि शाक्य गुम्बाको परिसरमा आयोजना गरिएको उत्सवमा आज गुरु पूजाको कार्यक्रम छ । भोलि ५ गते भैषज्य बुद्ध पूजा, प्रार्थना र ध्यान, ६ गते वैश्यवर्ण धर्म देशना पूजा, प्रार्थना र ध्यान, ७ गते कुरकुल्ला गणचक्र, लक्ष्मी पूजा, प्रार्थना र ध्यान गर्ने कार्यक्रम छ । अन्तिम दिन महाकाल पूजा, दीर्घायुको कामना गर्दै अभिषेक प्रदान गर्दै उत्सव समापनको कार्यक्रम छ । हिमाली बौद्ध समुदायका चार सम्प्रदायमध्ये तीन गेलुक्पा, ङिङ्गपा, काग्युप्पाले भारतमा शान्ति पूजा गर्दै आएका छन् । शाक्यपाले मात्रै लुम्बिनीमा मोन्लम पूजा गर्दै आएका हुन् । बुद्धको जन्मस्थल सबैभन्दा महत्वपूर्ण हुने भएकाले लुम्बिनीमा रिम्पोछे गुरुहरूले पूजाको आयोजना गर्दै आएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies