Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

यसकारण हर्न निषेध अभियानमा चुनौती

तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका अहिले यातायात व्यवस्थापनमा लागेको छ । पर्याप्त पार्किङको व्यवस्था नहुँदा र साँघुरो सडकका कारण यातायात व्यवस्थापन चुनौती बन्दै गएकाले प्रदेश सरकारले शुरु गरेको हर्न निषेध अभियानमा समेत चुनौती थपिएको छ । पाँच मिटरको बाटोमा ठूला सवारीका सधान, अटो रिक्सा, साइकल, भुसिया कुकुर, छाडा चौपाय र यात्रुका साथै बजारका मुख्य सडक वरपर सवारी सधान पार्किङले गर्दा भरिभराउ हुने गरेको छ । व्यस्त सडकका कारण व्यवसायी पनि आजित भएका छन् । मुख्य चोकको सडक किनारामा ट्राफिक प्रहरी र उपमहानगरपालिका–५ ले साना सवारी सधान पार्किङका लागि स्थान छुट्टाए पनि बाटो नै छेक्ने गरी पार्किङ गर्दा अन्य ठूला सवारीका सधान र यात्रुलाई समस्या हुँदै आएको छ । सडकपेटी पनि व्यवसायीले आफूखुशी प्रयोग गर्दा पैदल यात्रु कहाँबाट हिँड्ने भन्ने समस्या भएको छ । “बीच सडकमा ठूला गाडी गुडेका हुन्छन्, छेउमा साना सवारी साधान पार्किङ हुँदा हामी पैदल यात्रु कसरी हिँड्ने,” स्थानीयवासी चन्द्रबहादुर केसीको गुनासो थियो । त्यस्तै गाडी चालक र स्वयं ट्राफिक प्रहरीलाई पनि यो विषय टाउको दुखाइ भएको छ । “सडक छेक्ने गरी मोटरसाइकल पार्किङ हुन्छ, त्यसमा पनि छाडा चौपाया र पैदलयात्रुका कारण कसरी गाडी चलाउने भन्ने समस्या पर्दै आएको छ”, चालक पूर्ण वलीले भने । अभियान राम्रो भए पनि विकल्प नहुँदा निकै समस्या भएको उनको भनाइ थियो । पार्किङ निषेध क्षेत्र भनी होडिङ बोर्ड राखे पनि त्यसैको तल सवारी साधान पार्किङ गर्दा आफूहरुलाई सम्झाउनै समस्या भएको ट्राफिक प्रहरीहरू बताउँछन् । पछिल्लो समय भने वडा नं ५ र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन सुधार गर्दै लगेको छ । तुलसीपुर बजारमा हर्न बजाउनेलाई कारवाही गरिने भएको छ । एक वर्ष अघि नै हर्न निषेध गरिए पनि त्यसको कार्यान्वयन नभएकामा अहिले कारवाही गर्ने नीति नै अघि सारिएको हो । उक्त वडाका जनप्रतिनिधि, प्रहरी तथा सरोकारवालाबीच भएको बैठकले बजार क्षेत्रमा अटेरी गरी हर्न बजाउने चालकलाई यही मङ्सिर १६ गतेदेखि कारवाही गर्ने निर्णय गरेको हो । त्यसअघि वडा कार्यालयले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्ने वडाध्यक्ष वीरेन्द्रकुमार शाहले जानकारी दिए । बैठकले आइतबारदेखि १५ गतेसम्म विभिन्न स्थानमा चेतनामूलक होर्डिङ बोर्ड राख्ने, सूचना, पम्पलेट र प्रचारप्रसारको माध्यमबाट जानकारी गराउने निर्णय गरेको छ । उक्त निर्णयलाई अटेर गरी जथाभावी हर्न बजाउनेलाई कानूनअनुसार कारवाही गरिने उनले बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies