Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

बुवा प्रहरी जवान छाेरो एसपीः बुवाले छोरालार्इ सलाम ठोकेपछि...

भारतको उत्त‍र प्रदेशमा एउटा अनौठो समाचार सार्वजनिक भएको छ । उत्तर प्रदेशको राजधानी लखनउको एउटा प्रहरी चौकीमा बुवा प्रहरी जवानले एसपी रहेका छोरालाई सलाम ठोक्नुपर्ने भएको छ । भारतको गाजियावाद, नोएडामा कार्यरत एसपी अनुपकुमार सिंहको लखनउको प्रहरी चौकीमा सरुवा भएको छ जहाँ उनका बाबु जनार्दन सिंह प्रहरी जवानका रुपमा कार्यरत छन् । एसपी छोरा अनुपको प्रहरी चौकीमा सरुवा भएपछि बुवा जनार्दनले उनी मातहतमा काम मात्र गर्नुपर्दैन नियमित सलाम ठोक्नुपर्ने भएको छ । स्थानीय पत्रिकामा प्रकाशित समाचार अनुसार प्रहरी जवान जनार्दन सिंहले छोराको मातहतमा काम गर्न पाउँदा गर्व महशुस भएको बताएका छन् । उनले भनेका छन्, म ड्युटीमा रहँदा मेरो \'कप्तान\' लाई नियमित सलाम ठोक्नेछु ।\' तर जर्नादनका छोरा एसपी अनुपले भने कर्तव्य निभाउनका लागि म प्रोटोकलको पालना गर्नेछु।उनले आफूले बाबुबाट कर्तव्य र संस्कार सिकेको पनि बताएका छन्। एसपी सिंहले लखनउ आउनुभन्दा पहिले गाजियावाद, नोएडा उन्नावमा एएसपीको रुपमा काम गरेको जनाएका छन् । जवहरलाल विश्वविद्यालयको पढाइपछि उनी सिभिल सर्भिस परीक्षाको तयारीमा जुटेका थिए । लगत्तै उनले युपीएससी सिभिल सर्भिसमा नाम निकाल्न सफल भए । पछि उनी आइपीएसमा बढुवा भएका थिए । समाचारमा बताइए अनुसार अनुपले जेएनयु पढ्दै गर्दा राम्रो अंक प्राप्त गरेपछि छात्रवृत्तिसमेत पाएका थिए । उनी छात्रवृत्तिबाट प्राप्त रकमले आफ्नो दैनिकी चलाएर बाँकी रहेको रकम घर पठाउने गर्थे । एसपी सिंहले इलाहावाद विश्वविद्यालयबाट स्नातक गरेका हुन्।साथै उनी जेएनयुका विद्यार्थी पनि हुन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: