Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

किन मागियो मार्क जुकरबर्गको राजीनामा ?

फेसबुकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरबर्गमाथि कम्पनीका लगानीकर्ताको तर्फबाट राजीनामाको दबाब बढेको छ । यसबारे बेलायती पत्रिका गार्जियनले शनिबार जानकारी दिएको हो । गार्डियनका अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम असेट म्यानेजमेन्टका सिनियर भाइस प्रेसिडेन्ट जोनस क्रनले जुकरवर्गसँग अध्यक्ष पद छोड्न माग गरेकी छिन् । न्यूयोर्क टाइम्स (एनवाइटी)को रिपोर्ट सार्वजनिक भएपछि लगानीकर्ता रुष्ट भएको बताइन्छ । एनवाइटीको बुधबारको रिपोर्टमा फेसबुकले प्रतिद्वन्द्पी कम्पनीविरुद्ध लेख्नेका लागि पिआर फर्म डिफायनर्सलाई भाडामा लिएको बताइएको थियो । फेसबुकका अध्यक्ष र सिइओ भिन्न हुनुपर्छः लगानीकर्ता जोनसको भनाई उद्धृत गर्दै द गार्जियन भन्छ, ‘फेसबुक एउटा कम्पनी हो र यसको अध्यक्ष र सिइओ भिन्न हुनुपर्छ ।’ यद्यपी, डिफायनर्स विवादमा जुकरवर्गले उक्त कम्पनीसँग आफ्नो कम्पनीले त्यस्तो काम अह्राएको बारे कुनै जानकारी नभएको बताएका छन् । बिहिबार उनले फेसबुकले अब डिफायनर्ससँगको सम्झौता समाप्त गरेको जानकारी दिएका छन् । ब्रिटेनका पूर्व उप–प्रधानमन्त्रीको नियुक्तिमा पनि विवादः फेसबुकले हालै ब्रिटेनका पूर्व प्रधानमन्त्री निक क्लेगलाई पोलिसी एण्ड कम्युनिकेशलको ग्लोबल हेडको रुपमा नियुक्त गरेको छ । उनको नियुक्ति पनि थुप्रै लगानीकर्ताको आपत्ति छ । लगानीकर्ता नर्थ स्टार असेट म्यानेजमेन्टकी चिफ एक्जेक्युटिभ जूली गुडरिजले भनिन्, ‘यो पदका लागि तपाईंले कसैलाई कसरी यत्तिकै नियुक्ति दिन सक्नुहुन्छ रु क्लेगले कस्तो प्रकारको शक्ति पाइरहेका छन् रु’ अध्यक्ष–सिइओ एउटै हुँदा कम्पनीलाई घाटाः फेसबुक लगानीकर्ता अर्जुन केपिटनकी म्यानेजिङ पार्टनर नताशा ल्याम्बले कम्पनीमा अध्यक्ष र सिइओको पदमा एउटै व्यक्ति हुँदा फेसबुकमा भइरहेको समस्याको समाधान हुन नसकेको आरोप लगाएकी छिन् । उनका अनुसार कम्पनीको दुईवटै पद जुकरवर्गको हातमा भएकाले कम्पनीमा भइरहेको गल्तीलाई स्विकार्नुको साटो त्यसलाई लुकाउने काम भइरहेको छ । उनी भन्छिन्, ‘फेसबुकलाई नियन्त्रण गर्नका लागि जुकरबर्गसँग पर्याप्त शक्ति छ ।’ जुकरबर्गलाई अध्यक्षको पदबाट हटाउने प्रस्ताव दर्ताः अक्टोबरमा मार्क जुकरबर्गलाई अध्यक्षको पदबाट हटाउने प्रस्ताव पनि दर्ता गरिसकिएको छ । यो प्रस्तावलाई ट्रिलियम असेट म्यानेजमेन्टले दर्ता गरेको हो जसलाई न्यूयोर्क सिटी कम्प्ट्रोलरको स्कट स्ट्रिन्जर, पेनिसिल्वेनिया स्टेर ट्रेजररका जोए टोर्सेला, इलिनियोस स्टेट ट्रेजररका माइकल फ्रेरिच र रोड आइसल्याण्ड स्टेट ट्रेजररका सेठ म्यागजिनरले पनि समर्थन दिएका थिए । जुकरवर्गलाई अध्यक्ष पदबाट हटाइने प्रस्तावलाई सन् २०१९ को मे मा हुने फेसबुकको सेयर होल्डर्सको वार्षीक छलफलमा पेश गरिनेछ । यसबारे भोटिङपछि निर्णय लिइनेछ । आइफोन नचलाउन निर्देशन: जुकरबर्गले फेसबुकका सबै कर्मचारीलाई आइफोन नचलाउन निर्देशन दिएको डेलीमेलले जनाएको छ । गत अप्रिलमा कुकले फेसबुकमाथि प्रयोगकर्ताका व्यक्तिगत जानकारी बेचेर विज्ञापन कमाइरहेको आरोप लगाएका थिए । यसरी जुकरबर्ग कानुनी विवादमा फसेका बेला पनि कुकले आफू जुकरबर्ग भएको भए त्यस्तो अवस्थामा कहिल्यै नहुने बताएका थिए । उनको सो भनाइप्रति जुकरबर्गले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । तर फेसबुक मात्र नभएर पछिल्लो समय एप्पलले पनि प्रयोगकर्ताका जानकारी लिक गराएको खबर बाहिर आएपछि जुकरबर्गले कुकलाई जवाफ दिने मौका पाएका हुन् । यस्तोमा एप्पलविरुद्ध एन्ड्रोइडको समर्थन गर्दै जुकरबर्गले फेसबुकका सबै कामदारलाई आइफोन नचलाउन निर्देशन दिएका हुन् । त्यसैगरी जुकरबर्गले एप्पलका उत्पादनको मूल्यतर्फ संकेत गर्दै आफ्नो कम्पनीले निशुल्क सेवा प्रदान गर्दै विश्वका सबै स्तरका मानिसहरुलाई आफ्ना इष्टमित्रसँग नजिक ल्याउने मौका दिलाएको पनि ठहर गर्ने गरेका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: