बलिउडका चर्चित अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले इटलीमा बुधवार विवाह गरेका छन्। इटलीको कोमो नामक तालमा रहेको रिसोर्टमा \'कोनकणी रीतिरिवाज\' अनुसार उनीहरू विवाहबन्धनमा बाँधिएका हुन्। दुवै परिवारका नजिकका आफन्त र केही विशेष साथीहरू मात्र उक्त वैवाहिक कार्यक्रममा उपस्थित रहेका थिए। वैवाहिक समारोहका तस्बिरहरू खासै सार्वजनिक भएका छैनन्।
रणवीर र दीपिकाले \'राम-लीला\', \'फाइन्डिङ फेनी\', \'बाजीराव मस्तानी\' र \'पद्मावत\' लगायतका चलचित्रहरूमा सँगसँगै काम गरेका छन्। उनीहरूले गरेको स्थानबारे सामाजिक सञ्जालमा व्यायपक चर्चा भएको छ।
गत वर्ष बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका क्याप्टेन विराट कोहलीले पनि इटलीको टस्कनीस्थित एक रिसोर्टमा विवाह गरेका थिए। सीमित पाहुनालाई विवाहको निम्तो दिइसक्दा पनि पनि रणवीर र दीपिकाले आफ्नो विवाहबारे आधिकारिक जानकारी दिएका थिएनन्। तर अक्टोवर १९ मा दीपिकाले सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी दिएकी थइन्।
कहाँ भयो विवाह?
सपनाको संसारजस्तो लाग्ने कोमो ताल लेको टापुसँगै छ। अठारौँ शताब्दीमा बनेकको डेल बाल्बियानेलो रिसोर्ट निकै सुन्दर छ। साला कोमासिनाबाट डुङ्गा चढेर पनि त्यहाँ पुग्न सकिन्छ। यो रिसोर्ट आकर्षक बगैँचाका लागि निकै प्रसिद्ध छ। त्यहाँ रहेका फूल र रूखका हरियो, सेतो र रातो रङ्गले इटलीको झन्डाको सङकेत गर्छन्।
किन प्रसिद्ध छ यो रिसोर्ट?
यो रिसोर्ट विशेषत: धनाढ्यहरूको विवाह र चलचित्र छायाङ्कनका लागि प्रसिद्ध छ। यो रिसोर्टलाई \'जेम्स बन्ड\' शृङ्खलाको एउटा चलचित्र छायाङ्कन गर्दा अस्पतालको रूपमा प्रयोग गरिएको थियो। सन् २००६ मा सार्वजनिक भएको \'क्यासिनो रोयल\' चलचित्र बन्डको भूमिकका निर्वाह गरेका डेनियल क्र्यागलाई सो स्थानमा देखाइएको थियो। इटलीको \'लेक्स् वेडिङ\' ब्लगका अनुसार यो रिसोर्ट सोमवार र बुधवारबाहेक प्रत्येल दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहन्छ र सर्वसाधारणले पनि यसको अवलोकन गर्न सक्छन्।
विवाह र भोजका लागि भने यो रिसोर्ट सधैँ नै खुल्ला रहन्छ। शनिवार केही कार्यक्रम गर्दा त्यहाँ बढी शुल्क तिर्नुपर्छ। अरू आगन्तुकका लागि खुल्ला गरिएको समयमा वैवाहिक कार्यक्रम आयोजना गर्नुपरे बेहुलाबेहुलीबाहेक ५० जना पाहुना मात्र उपस्थित हुन पाउँछन्। त्यसो गर्दा केही सस्तो पर्छ।
तर ५० भन्दा बढी पाहुना उपस्थित हुनुपर्ने भएमा कार्यक्रम अन्य आगन्तुकका लागि बन्द भएको अवस्थामा मात्र आयोजना गर्न पाइन्छ। त्यस्तो अवस्थामा शुल्क बढी लाग्छ र केटाकेटीको पनि सङ्ख्या गनिन्छ।
कार्यक्रममा सहभागी हुने पाहुनाको सङ्ख्या र त्यसका लागि आवश्यक स्थानको क्षेत्रफलका आधारमा रिसोर्टले शुल्क निर्धारण गरिन्छ।
कति जना अट्छन्? त्यहाँ अत्यधिक १०० जना जतिमात्र अट्छन्। अन्य आगन्तुक गइसकेपछि मात्र भोज सुरु हुन्छ। यो स्थानको सौन्दर्यले पाहुना मोहित हुन्छन्। नोभेम्बर २१ मा दीपिकाको गृहनगर बेंगलुरूमा उनका बाबुआमाले एउटा प्रीतिभोजको आयोजना गर्दैछन्।
त्यसपछि मुम्बईमा रणवीरका बाबुआमाले अर्को भोजको गर्ने भएका छन्। विवाहको समाचार आएपछि नयाँ दम्पतीलाई बधाई दिनेको ओइरो नै लागेको छ। बिबिसि
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: