कार्तिक २३ गते, २०७५ शुक्रवार 9th November, 2018 Fri०७:४४:४४ मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाला र बजार विस्तार गर्न पर्ने भएकाले सम्भावित स्थान पहिचान गरिने भएको छ ।
नगरपालिकाका १० वटै वडामा सम्भाव्यता अध्ययन कार्य अगाडि बढाइएको छ । नगर प्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “दश वर्षे आवधिक गरुयोजना बनाउनका लागि अनुगमन तथा सुझाव सङ्कलनको काम अगाडि बढेको र यसका लागि मन्त्रालयबाट समेत एक टोली यहाँ आएर स्थलगत अध्ययन गर्न थालिसकेका छन् । ”
सो कार्यका लागि जनसङ्ख्याको अवस्थाबारे प्रतिवेदन, जनताको गरीबीको सुचाङ्क, आर्थिक अवस्थाबारे विवरण सङ्कलनको काम भइरहेको र आगामी योजनामा बजेटसमेत सोही बमोजिम विनियोजन गरिने नगर प्रमुख चौधरीले बताए ।
तराईका हुलाकी राजर्मागमा पर्ने १० शहरलाई स्मार्ट सिटी बनाउने मन्त्रिपरिषद्को २०७४ असार २८ गतेको निर्णयअनुसार बेलौरीसमेत आधुनिक शहर तथा व्यवस्थित बस्ती (स्मार्ट सिटी)मा परेको थियो । सोही बमोजिम नगरपालिकाले स्मार्ट सिटी निर्माणका लागि काम अगाडि बढाएको हो ।
स्मार्ट सिटीभित्र खानेपानी, सौर्य ऊर्जा, व्यवस्थित शौचालय, गुणस्तरीय मोबाइल सेवा, व्यवस्थित सडक, विद्यालय, इन्टरनेट सेवा, आधुनिक कृषि, फराकिला फुटपाथसहितका सडक, सुविधासम्पन्न आवास, खुला पार्क, हरित व्यवसाय, उपभोग्य वस्तु सहजरूपमा उपलब्ध गराइने छ ।
सो योजनासँगै बेलौरी छोटी भन्सार कार्यालयको स्तरोन्नति गरी भन्सार कार्यालय बनाइने स्थानीय समाजसेवी पल्लवराज भट्टले बताउनुभयो । भारतसँग जोडिएको बेलौरीले सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको छ । जहाँनिया राणाकालदेखि र पछिल्लो डेढ दशक गरी १०३ वर्षसम्म यो क्षेत्र जिल्लाको सदरमुकामका रूपमा थियो ।
विसं २०१९ मा जिल्ला सदरमुकाम महेन्द्रनगर हालको भीमदत्तनगरमा सरेपछि यो क्षेत्र राजनीतिक र आर्थिक रूपमा पछाडि परेकाले त्यसकोे ५२ वर्षपछि विसं २०७१ वैशाख २५ गते साविक श्रीपुर, लक्ष्मीपुर, रामपुर विलासीपुर गाविसलाई मिलाएर नगरपालिका घोषणा गरिएको थियो । उक्त नगरपालिकाको जनसङ्ख्या झण्डै ६० हजारको हाराहारीमा छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: