Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गोवंशको संरक्षण नभए पृथ्वी नै खतरामा !

नवलपुर । दिपावली, लक्ष्मीपूजा तथा गाईतिहारको शुभउपलक्ष्य पारेर गौ सेवा कोषले पृथ्वी, पृथ्वीमा रहेका मानवजाति सहित सबै प्राणी एवं वातावरण र प्राकृतिक संपदा सबैको सुरक्षाको लागि स्थानीय जातिका गोवंशको संरक्षण अपरिहार्य रहेको भन्दै सबैको ध्यान आकर्षण गरेको छ । कोषका सदस्यसचिव नरबहादुर सुनारले जारी गर्नुभएको शुभकामना एवं आव्हान विज्ञप्तिमा मानवजीवनको लागि अति महत्त्वपूर्ण भूमिकामा रहेका स्थानीय जातिका गोवंश वर्तमानमा अत्यन्तै अपहेलित, अपमानित, वेवारिसे र असुरक्षित हुँदै गएको र शास्त्रोक्त गुणलक्षणसम्पन्न वास्तविक लक्ष्मीस्वरूपा गाईको वंशलोप हुने खतरा बढेको तर्फ चिन्ता व्यक्त गरिएको छ । विज्ञप्तिमा सदस्यसचिव सुनारले संपूर्ण नेपाली आमा–बुबा, दिदी–बहिनी एवं दाजु–भाइहरूका नाममा सम्बोधन गर्दै जलवायुमा आएको परिवर्तनलाई नियन्त्रण गरी सन्तुलनमा ल्याउन स्थानीय जातिका गोवंशको संरक्षण अनिवार्य रहेको तथ्यमा वैज्ञानिकहरू पुगेको कुरालाई कोट्याउँदै यी गोवंशको संरक्षणमा ध्यान पुर्याउन नसकेमा समग्र पृथ्वी र जीव एवं वनवनस्पति जगत नै खतरामा पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धानले वैज्ञानिक रूपमै पुष्टि भइसकेको दाबी गरेका छन् । स्थानीय जातिका गोवंशको संरक्षण तथा वंशवृद्धि र गौ क्षेत्रलाई आत्मनिर्भर गराउने उद्देश्य राखेर गौ सेवा कोषको स्थापना गरिएको जानकारी गराउँदै सुनारले सो कोषमार्फत देश भरीका स्थानीय जातिका गोवंशको संरक्षणको लागि जुट्न आमसर्वसाधारण सबैलाई आवहान गरेका छन् । ‘मृत्युसंस्कार, जन्मोत्सव, व्रतबन्धादि अनुष्ठान, पर्वआदिमा यस कोष अन्तर्गतको अक्षयकोषमा दानसहयोग गरीगराई अक्षयपुण्यार्जन गर्ने संस्कारको विकास गरौं । सबैलाई यस प्रकारको कार्यमा अग्रसर हुने सद्बुद्धिको लागि गौमाताको आशिर्वाद प्राप्तहोस्’ कोषको तर्फबाट सबैलाई दिपावली एवं गाईतिहारको शुभकामना दिँदै सचिव सुनारले लेखेका छन् । मानव स्वास्थ्यमा देखिने रोगको औषधोपचार, दुग्धादि पदार्थमा पाइने पौष्टिकता, कृषिको लागि भूमिलाई उर्वर गराउन लगायतका धेरै कार्यमा अत्यन्तै महत्त्वपूर्ण भूमिकामा रहेका स्थानीय जातिका गोवंशको महत्त्व नबुझेर बेवारिसे रूपमा छाडा छोड्ने, चोरी तस्करी गरी भारत, श्रीलङ्का, बंगलादेश निकासी गर्ने जस्ता कार्यहरू हुन थालेको विडम्बनापूर्ण अवस्था छ । यस्तो स्थितिमा यस प्रकारको कार्यको थालनी हुनु स्रहानीय कुरा हो । यस्ता सकारात्मक कार्यलाई सम्बद्ध क्षेत्र तथा सम्बन्धित सबैले समयमै बुझेर साथसहयोग पुर्याउनु बुद्धिमानी हुने देखिन्छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending