Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यसकारण नेपाल खाद्य संस्थानको चामल बिक्री हुन सकेन

\"\"धनगढी। खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको मूल्यभन्दा बजारमा सस्तोमा चामल पाउन थालेपछि बिक्री हुन नसकेको हो । सदरमुकाम मार्तडीस्थित खाद्य संस्थानको गोदाममा दुई सय क्विन्टल चामल र एक सय क्विन्टल गहुँ मौज्दात रहेको कार्यालयका कर्मचारी परे रावलले जानकारी दिए । “बजारमा सस्तोमा चामल पाउँदा संस्थानको चामल बिक्री हुन सकेको छैन,” उनले भने । बजारमा मोटो चामल प्रतिकिलो रु ३८ मा बिक्री भइरहेको छ भने संस्थानले रु ३९ तोकेको छ । संस्थानले सोना मन्सुली चामल प्रतिकिलो रु ४८ तथा जिरा मसिनो चामल रु ६२ बिक्री गरिरहेको छ । बङ्गलादेशी चामल बिक्री भएन विसं २०७२ मा गएको भूकम्पपछि पीडितको सहयोगका लागि भन्दै बङ्गलादेश सरकारले नेपाललाई उपलब्ध गराएको बङ्गलादेशी उसिना चामल बिक्री हुन सकेको छैन । झापाको बिर्तामोडस्थित खाद्य संस्थानको कार्यालयबाट उक्त चामल धनगढीको खाद्य संस्थान हुँदै बाजुरामा आपूर्ति गरिएको थियो । बिक्री हुन नसक्दा कोल्टी डिपोमा सो चामल एक हजार क्विन्टल मौज्दात रहेको डिपोका प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए । “बङ्गलादेशी चामल बिक्री हुन नसक्दा तीन वर्षमा तीन पटक बिक्री मूल्य घटाउनु परेको छ,” उनले भने । शुरुआतमा उक्त चामलको मूल्य प्रतिकिलो रु ४१, त्यसपछि रु ३९ तोकिएकामा हाल बिक्री मूल्य रु ३२ तोकिएको छ । यसैबीच नेपाल खाद्य संस्थान धनगढीले यस वर्ष नयाँ धान खरीदको व्यवस्था नगर्दा धानको उचित मूल्य पाउन नसकेको किसानले गुनासो गरेका छन् । संस्थानले धान खरीदको व्यवस्था गर्न सक्दा व्यापारीको मूल्यमा एकाधिकार रहेका कारण समस्यामा परेको किसानले बताएका छन् । खाद्य संस्थान धनगढी कार्यालयका प्रमुख प्रेमनारायण भण्डारीले नयाँ धान खरीदको व्यवस्था यथाशीघ्र गर्नका लागि संस्थानको केन्द्रीय कार्यालयसँग निरन्तर समन्वय भइरहेको बताए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending