Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सामाजिक सञ्जाल प्रयोगमा मन्त्रालयको अंकुशप्रति शिक्षकको विरोध

\"\"काठमाडौँ। सामाजिक सञ्जाल प्रयोगमा शिक्षा मन्त्रालयले जारी गरेको मार्ग निर्देशनको शिक्षक, प्राध्यापक, कर्मचारी र सरोकारवालाहरूले नै विरोध गरेका छन्  । व्यक्तिगत स्वतन्त्रतासमेत हनन हुने गरी जारी गरिएको निर्देशन मान्य नहुनेसमेत उनीहरूले बताएका छन्  । आजको कान्तिपुरमा खबर छ – शिक्षा मन्त्रालयले शिक्षा सेवाका कर्मचारी, शिक्षक र प्राध्यापकलाई अंकुश लगाउने गरी ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ जारी गरेको छ । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले महासंघ मार्गनिर्देशनको विपक्षमा रहेको बताए । ‘जो कोहीले पनि सामाजिक सञ्जालको दुरुपयोग गर्नु हुँदैन,’ उनले भने, ‘शिक्षकलाई मात्रै तोकेर निर्देशन जारी गरिनु हुँदैन ।’ दुरुपयोग गरे जुनकुनै नागरिकलाई राज्यले कारबाही गर्न सक्ने भन्दै उनले शिक्षकरप्राध्यापकका नाममा छुट्टै निर्देशन नचाहिने बताए । उनले भने, ‘शिक्षकलाई मात्र होइन, दुरुपयोग गरे मन्त्री, सांसदलाई पनि कारबाही हुनुपर्छ, छुट्टै निर्देशन चाहिँदैन ।’ मन्त्रीस्तरीय निर्णय गर्दै गत कात्तिक १३ गते शिक्षा मन्त्रालयले ६ बुँदे मार्ग निर्देशन जारी गरेको छ । जसमा शिक्षक, कर्मचारी र प्राध्यापकहरूले सरकार र मन्त्रालयको गतिविधिको नकारात्मक टिकाटिप्पणी गर्न नपाउने उल्लेख छ । कार्यालयका सूचनासमेत सञ्चार माध्यमलगायत अन्यत्र दिन नपाइने भनिएको छ । मन्त्रालय र निकायका विरुद्ध आएका समाचारमा कमेन्ट, लाइक र सेयर गर्न समेत रोक लगाइएको हो । यस्ता कार्य गरे कारबाहीको चेतावनीसमेत दिइएको छ । ‘आफूले चाहेको तस्बिर व्यक्तिगत सामाजिक सञ्चालमा राख्न पनि नदिनु चुत्थो तरिका भयो,’ नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले भने । ‘यो शिक्षकलाई जबरजस्ती तह लगाउने तरिका हो, मैले धार्मिकस्थलको कुनै तस्बिर फेसबुक प्रोफाइलमा किन राख्न नपाउने रु’ प्रश्न गर्दै उनले भने, ‘निर्देशनात्मक तरिका नियन्त्रण गर्न खोज्नु गलत छ ।’ मन्त्रालयकै कर्मचारीले समेत सामाजिक सञ्जालसम्बन्धी मार्गनिर्देशनको विरोध गरेका छन् । उच्च तहका कर्मचारी बिच छलफल समेत नगरि निर्देशन जारी गरिएको एक सहसचिवले बताए । नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले शिक्षा मन्त्रालयले जारी गरेको मार्ग निर्देशनले प्राज्ञिक स्वतन्त्रतामा प्रहार गर्ने बताए । ‘संविधानले लोकतान्त्रिक गणतन्त्र भनेको छ, बोल्नै नपाउनु, विचार राख्न नपाउनु भनेको अधिनायकवादको सुरुवात हो,’ उनले भने, ‘यसले संविधानको समेत उल्लंघन गर्छ, निर्देशन जारी गरेर रोक्नुपर्ने कुनै कारण छैन, सरकारले नियन्त्रण गर्न खोजेकोमा सचेत छौं ।’ विद्यालय, विश्वविद्यालयका प्राज्ञिक व्यक्तिलाई विचार आदानप्रदान गर्न सधैं स्वतन्त्र हुने सरोकारवालाहरूको भनाइ छ । नेपाल निजामती कर्मचारी युनियन संघ (शिक्षा) का अध्यक्ष ज्ञानेन्द्र भट्टले कर्मचारीलाई त्रसित पार्ने उद्देश्यले व्यक्तिगत स्वतन्त्रतालाई समेत चुनौती दिन लागिएको जनाए । ‘मन्त्रालयका गतिविधि अपारदर्शी हुँदै जान थालेको महसुस गरेका छौं,’ उनले भने, ‘यही बेला डराएर लाइक, कमेन्ट पनि गर्न नपाउने भनेर अंकुश लगाउन खोजेको देखिन्छ ।’ त्रसित पार्ने मनसायले मार्ग निर्देशन आएको उनले दाबी गरे । भट्टले भने, ‘नियमन गर्न ऐन, कानुन आचारसंहिता पहिलेदेखि नै छन, यस्ता निर्देशन आवश्यक पर्दैन ।’ मन्त्रालयले भने विद्यालयका शिक्षक, विश्वविद्यालयका प्राध्यापक र कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न सिकाउँदै अनुशासित बनाउन लागेको भन्दै बचाउ गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending