Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

गुठी संस्थानलाई अर्थमन्त्रीे खतिवडाको यस्तो सुझाव

काठमाडौँ। अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याएका छन्। गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उनले संस्थानका पदाधिकारीलाई सुझाव दिए । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औँल्याए । “सामाजिक पूँजी समृद्धिको महत्वपूर्ण आधार हो”, अर्थमन्त्री खतिवडाले भने “गुठी संस्थानले देशको समृद्धिमा पनि टेवा पु¥याउनुपर्छ, यसतर्फ तपाईहरुको ध्यान जाओस् ।” उनले सम्पत्ति जगेर्नाको नाममा आयआर्जन नगरी बस्नु विडम्बना हो भन्दै संस्थानको विकासका लागि छलफल गरेर अघि बढ्न मन्त्रालय तयार रहेको बताए । सरकारले गुठी संस्थानको मुआब्जा रकम नदिएको भन्ने प्रसङ्गलाई ईंकित गर्दै अर्थमन्त्री खतिवडाले परम्परागत संस्कृति संरक्षणसँगै आधुनिक विकासमा जान चुनौती रहेको बताए । “सरकार दुईवटै कार्यलाई सँगसँगै लैजाने योजनामा छ, कतै सरकारले त कतै गुठीले सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री खतिवडाले भने । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गुठी संस्थानलाई नयाँ ढङ्गबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै समग्र सम्पत्ति उपयोगको रणनीतिक योजना बनाउन जरुरी रहेको बताए । कार्यक्रममा गुठी संस्थानका प्रशासक नारायण चौधरीले संस्थानको वार्षिक गतिविधिबारे जानकारी गराउँदै ऐन संशोधनका लागि बनेको विनियम मन्त्रालयमा अड्किएको बताए । यसका लागि सहजीकरण गर्न उनले अर्थमन्त्री खतिवडा र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव मैनालीसँग अनुरोध गरे । सरकारले दिनुपर्ने मुआब्जा रकमसमेत उपलब्ध हुन नसकेको उनले बताए । विभिन्न क्षेत्रमा भूमाफियाले जग्गा अतिक्रमण गरेको तथा कर्मचारीको अभावमा प्रभावकारी काम गर्न नसकिएको चौधरीले स्वीकारे । संस्थानका अध्यक्ष मीनराज चौधरीले विभिन्न समस्याका बाबजुद संस्थानले काम गर्दै आएको जानकारी दिए । संस्थानले गएको वर्ष रु ३७ करोड ४५ लाख आम्दानी गरी रु २४ करोड एक लाख खर्च गरेको जनाएको छ । पच्चीस वर्ष काम गरेका संस्थानका कर्मचारीलाई आज दीर्घसेवा पदक प्रदान गरिएको थियो भने संस्थानको हितमा काम गर्ने विभिन्न व्यक्तिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । संस्थानको वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान, सरसफाइ कार्यक्रम र हाजिरीजवाफ प्रतियोगिता गरिएको महासचिव दीपकबहादुर पाण्डेले जानकारी दिए ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending