Khabar Dabali २४ फाल्गुन २०८२ आईतवार | 8th March, 2026 Sun
Investment bank

बाह्रबिसे–तातोपानी सडक पुनर्निर्माणको तयारी

सिन्धुपाल्चोक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने संकेत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्मको क्षतिग्रस्त स्थानको करिब २ सय ३० मिटर सडकको नयांँ ट्र्याक खोलेको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठकाअनुसार तातोपानी धाराभन्दा माथि २ सय मिटर र कोदारीको कोप्लाङमा ३० मिटर ट्र्याक खोलिएको छ । त्यस्तै लिपिङ खोला नजिक सडकको तल्लो भागमा सिमेण्टेड टेवा पर्खाल लगाउने काम भइरहेको हुँदा लिपिङको बसपार्कसम्म साना गाडी सञ्चालन भएका छन् । सडक निर्माणका साथै नाका सञ्चालन गर्न गत भदौ १७ गते तिब्बत स्वशासित प्रदेशकी उपसचिव छुयाङलुको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र नेपाल सरकारका विभिन मन्त्रालयका अधिकारी सम्मिलित टोलीले बाह्रबिसेदेखि तातोपानी सडकका साथै खासा क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका थिए । उक्त सडक खण्डको साविक चौडाइ वृद्धि गरी १२ मिटर फराकिलो पारिने भएको छ । सडक चौडा गर्दा कसैको पूरै र कसैको आधा घर पर्ने सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले बताए । सडक निर्माणका लागि आवश्यक ठूला निर्माण सामग्री आइसकेको बताइएको छ । चीन सरकारले बनाइदिने मितेरी पुल पनि खासापट्टिको भागमा काम भइरहेको स्थानीयले बताएका छन् । राजधानीबाट छोटो दूरीमा रहेको उक्त नाका बन्द हुँदा वार्षिक छ अर्ब राजस्व गुम्नुका साथै हजाराैंको रोजगारी गुमेको छ । सोही कम्पनीले निर्माण गरिरहेको सुख्खा बन्दरगाहको काम पनि तीव्रगतिमा भइरहेको छ । गत वैशाख २० गते सम्झौता भएको उक्त बन्दरगाह आगामी मे महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको भए पनि छ महिनाकै अवधिमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको छ । भोटेकोशीमा बनाइने १ सय १२ मिटर पक्की पुलको काम अबको ३/४ महिनामा सम्पन्न हुने बन्दरगाहमा कार्यरत मिलन शेर्पाले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE