Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

काठमाडौँ । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिरामीको चाप उल्लेख्य रूपमा बढ्न सकेको छैन ।नेपाल आयुर्वेद चिकित्सक सङघले बिहीबार प्रेश विज्ञप्ति प्रकाशित गर्दै आयुर्वेद चिकित्सा उपचारको पुरानो चिकित्सालयको रूपमा रहेको यस चिकित्सालयलाई यस क्षेत्रको केन्द्रीय चिकित्सालय बनाउन माग गरेको हो । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले नेपालको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पु¥याउन आवश्यक रहेकामा जोड दिए । आयुर्वेद चिकित्सा पद्धतिबाट प्राय सबै रोगको उपचार हुने चिकित्सालयको जिकीर छ । विशेषगरी कामला (हेपाटाइटिस, जन्डिस), अम्लपित्त, पक्षघात (प्यारालाइसिस), पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गर्ने उक्त चिकित्सालयले जनाएको छ । पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चर, फिजियोथेरापीलगायत सेवा पनि त्यत्तिकै लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनुलगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुनसकेको छैन । यसैबीच आयुर्वेद चिकित्साकलय नरदेवीको शतवार्षिकी कार्यक्रम साताव्यापी रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । चिकित्सालयका प्रमुख डा बैकुण्ठरमण सुवेदीले चिकित्सालयलाई उत्कृष्ट सेवा केन्द्र बनाउन प्राथमिकता दिएको जानकारी दिँदै यसका लागि स्वास्थ्य मन्त्रालयले थप रकम विनियोजन गर्नुपर्नेमा जोड दिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending