Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

जिप दुर्घटनामा डिआइजी र पत्रकार सहित तीन जनाको मृत्यु ४ जना घाईते

काठमाडौं । काभ्रे र झापामा भएका दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । ४ जना घाईते भएका छन् । काभ्रे मन्डन देउपुर नगरपालिकाको ढकाल थोकमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बा ३ च २८७ नं को जिप दुर्घटना हुँदा डिआईजी शुशिल भण्डारी, मण्डन देउपुर—४ का पत्रकार जीवन पराजुली र नमोबुद्ध नगरपालिका—१० का विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अरु ३ जना घाईते भएका छन् । डिआईजी भण्डारीको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको हो भने दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काभ्रेकै पाँचखाल नगरपालिकामा बा ३ ख ६४२ नंम्बरको ट्रिपरले अल्फाबेट नखुलेको १३५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पाँचखालकी ५६ बर्षीय रन्जना गौतमको मृत्यु भएको छ । ६५ बर्षीय कमलप्रसाद गौतम घाईते हुनुभएको प्रहरीले जनाएको छ ।

यस्तै झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मेचीनगर १५ मा बा ९० प ३८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मेचीनगर नगरपालिका १५ का सुमन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका २ मा बा.१५च ८११६ नम्बरको कारको ठक्करबाट ७५ वर्षीया बृद्धा बुलबुलदेवी यादवको मृत्यु भएको छ । यस्तै रुपनी– राजविराज सडकको पाँच किलो भन्ने स्थानमा स्कुल बसको ठक्करले छ वर्षीय बालक शिवम कुमार यादवको मृत्यु भएको छ ।

रुपनीबाट राजविराजतर्फ जाँदै गरेको ना. ३ ख ७३९० नम्बरको कंकालिनी एकेडेमीको विद्यार्थी बोक्ने बसको ठक्करबाट घाईते बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending